सामसङ इनोभेसन क्याम्पसको पहिलो ब्याचको कोडिङ र प्रोग्रामिङ कोर्स सम्पन्न
काठमाडौँ । सामसङ इनोभेसन क्याम्पसले त्रिभुवन विश्वविद्यालय इन्स्टिच्युट अफ इन्जिनियरिङ अन्तर्गतको पुल्चोक क्याम्पसको पहिलो ब्याचका विद्यार्थीहरूको कोडिङ र प्रोग्रामिङको कोर्स समाप्त भएको छ । कम्पनीले सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गतको कोडिङ र प्रोग्रामिङको कोर्स समाप्त भएको हो ।
प्रोग्राम अन्तर्गत अर्को ब्याचका विद्यार्थीहरूले विश्वविद्यालयमा आर्टिफिसियल इन्टेलिजेन्स कोर्स सुरु गर्नेछन् । विद्यार्थीरूलाई कोर्स पुरा गरेको प्रमाणपत्र प्रदान गरिएको समारोहमा शिक्षा राज्य मन्त्री, प्रमिला कुमारी, सामसङको दक्षिण–पश्चिम एसिया, नेपाल कार्यालयका प्रमुख सुंग जुन पार्क, र त्रिभुवन विश्वविद्यालय इन्स्टिच्युट अफ इन्जिनियरिङका प्राध्यापक तथा डीन डा. शशिधर राम जोशीको उपस्थिति भएको थियो ।
‘विद्यार्थीहरूको उत्सुक सहभागिता र विश्वविद्यालयबाट ठुलो सहयोगको साथ हाम्रो कोडिङ र प्रोग्रामिङ कोर्सको पहिलो ब्याच पूरा गर्न पाउँदा हामी धेरै उत्साहित छौं,’ कम्पनीले भन्यो, ‘हामी प्रतिष्ठित त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ इन्स्टिच्युटसँग भविष्यका प्राविधिक आर्टिफिसियल इन्टेलिजेन्स, इन्टरनेट अफ थिंग्स र बिग डाटा डोमेनहरूमा विद्यार्थीहरूलाई उन्नत बनाउनको लागि दीर्घकालीन साझेदारीको अपेक्षा गर्दछौं ।’
सामसङले सन् २०२२ को डिसेम्बरमा त्रिभुवन विश्वविद्यालय इन्स्टिच्युट अफ इन्जिनियरिङ पुल्चोक क्याम्पसमा आफ्नो ग्लोबल सीएसआर कार्यक्रम सामसङ इनोभेसन क्याम्पसको उद्घाटन गरेको थियो । यस कार्यक्रम अन्तर्गत सामसङले नेपालका युवाहरूलाई आर्टिफिसियल इन्टेलिजेन्स, इन्टरनेट अफ थिड्स, बिग डाटा, कोडिङ र प्रोग्रामिङ जस्ता प्राविधिक सीपहरूमा तालिम दिने योजना गरेको थियो, जसले नेपालमा बलियो प्रविधि र नवप्रवर्तन इकोसिस्टमको विकासमा योगदान पुर्याउने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक वर्षमा नेपालको कुल वैदेशिक व्यापार २४ खर्ब नाघ्यो
-
सत्ताका लागि बीपीको मेलमिलाप नीति मिचियो, अब गाली होइन विवेकको राजनीति गरौँ : भीष्मराज आङ्देम्बे
-
सर्वोच्चको परमादेशः काठमाडौँको फोहोर व्यवस्थापनमा गर्न मुख्यसचिवको नेतृत्वमा समिति गठन गर्नू
-
नेप्सेमा १४.१७ अंकको वृद्धि, ४ अर्ब ६९ करोडको कारोबार
-
रिहापछि पहिलोपटक सार्वजनिक कार्यक्रममा देखिए विष्णु पौडेल
-
धनगढीबाट डा. गोविन्द केसीले थाले अनसन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण