भलिबलमा काठमाडौँ र चितवन च्याम्पियन
काठमाडौँ । काठमाडौँ र चितवनले दोस्रो बागमती प्रदेश खेलकुद प्रतियोगितामा बिहीबार भलिबलतर्फ स्वर्ण पदक जितेका छन् । हेटौंडास्थित हुप्राचौर खेलमैदानमा सम्पन्न प्रतियोगितामा काठमाडौँले महिलातर्फ र चितवनले पुरुषतर्फ स्वर्ण पदक जितेका हुन् ।
काठमाडौँले फाइनलमा दोलखालाई २५–५, २५–६ र २५–१२ अंकले हरायो । चितवनले भने फाइनलमा धादिङमाथि २५–१७, २२–२५, २८–२६ र २५–१८ अंकको जित निकाल्दै पुरुषतर्फ स्वर्ण पदक हात पा¥यो ।
तेस्रो स्थानका लागि भएको प्रतिस्पर्धा भने बेस्ट अफ थ्रीमा भएको थियो । तेस्रो स्थानका लागि भएको खेलमा पुरुषतर्फ काठमाडौँले सिन्धुलीलाई २–१ सेटले र महिलातर्फ चितवनले धादिङलाई २–० ले हराउँदै कांस्य पदक प्राप्त गरे ।
प्रतियोगितामा पुरुषतर्फm चितवनका नवीन महतो र महिलामा काठमाडौँकी सलिना बुढामगर उत्कृष्ट खेलाडी घोषित भए । पुरुषमा चितवनका रमेशचन्द्र विक उत्कृष्ट प्रशिक्षक चयन भए ।
विधागत उत्कृष्टअन्तर्गत स्पाइकरमा मनोज श्रेष्ठ, सेटरमा चितवनका मञ्जिल गुरुङ, ब्लकरमा चितवनकै सुरेश महतो, लिबेरोमा चितवनका समीर थापा र सर्भरमा धादिङका अमन आले उत्कृष्ट घोषित भए ।
महिलामा भने काठमाडौंका कुमार राई उत्कृष्ट प्रशिक्षक चयन भए । महिलाको विधागत उत्कृष्टअन्तर्गत स्पाइकरमा चितवनकी आरती सुबेदी, सेटरमा काठमाडौंका भावना तामाङ, ब्लकरमा काठमाडौँकी सुमित्रा रेग्मी, लिबेरोमा काठमाडौँकी एन्जिला प्रधान र सर्भरमा काठमाडौँकी निसा महर उत्कृष्ट भए । विजेता खेलाडीलाई प्रदेश खेलकुद विकास परिषद् बागमतीका सदस्यसचिव सूर्यलाल भण्डारीले पुरस्कृत गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गृहमन्त्री भन्छन्– म छड्के जान्छु, गृहमन्त्री गायब भयो भनेर समाचार आउँछ
-
मन्त्रालय एउटै, मन्त्रीको पदबहाली दुई ठाउँमा
-
समुद्रको गहिराइमा जापानले खनन परीक्षण गर्ने
-
वर्षाले काठमाडाैँ–१० जलमग्न, तस्बिरहरू
-
मकवानपुर प्रशासनका सबै सेवा एकद्वार प्रणालीबाट
-
अमेरिकासँग मिलेर प्याट्रियट हवाई रक्षा प्रणाली बनाउँदै युक्रेन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण