जनमत पार्टीको केन्द्रीय समिति बैठक : सरकारबारे ठोस निर्णय हुँदै
काठमाडौँ । जनमत पार्टीको केन्द्रीय समितिको बैठक काठमाडौँमा जारी रहेको छ । बिहानदेखि एक होटलमा जारी बैठकमा सरकार, पार्टीको विधान, संगठन निर्माणलगायतका विषयमा छलफल भइरहेको छ । बैठकमा सहभागी एक नेताकाअनुसार छलफलको मुख्य विषय सरकार नै बनेको छ । सरकारको विषयमा पार्टीले केही निर्णय गर्न सक्ने उनले बताए ।
‘जनमत पार्टीलाई केन्द्रदेखि प्रदेश सरकारसम्म पटक पटक अपमान गरिएको थियो । सरकारमा रहने कि नरहने केन्द्रीय समितिको बैठकले निर्णय गर्छ’ ती नेताले भने । केन्द्र सरकारमा सो पार्टीले उद्योग वा कृषि मन्त्रालय माग गरेको थियो तर खानेपानी मन्त्रालय चित्त बुझाउनुपरेको थियो । प्रधानमन्त्री प्रचण्डले मन्त्रालय परिवर्तन गरिदिने आश्वास दिएपनि मन्त्रिपरिषद् विस्तार हुँदा खानेपानी मन्त्रालय नै दिएपछि जनमत पार्टी असन्तुष्ट भएको थियो । त्यसलगत्तै सो पार्टीले मन्त्रीलाई सरकारबाट फिर्ता बोलाएको थियो ।
जनमतका अध्यक्ष डा.सिके राउतलाई अर्को मन्त्रालय दिने आश्वासन दिइएपनि सो पार्टीलाई अर्को मन्त्रालय दिइएन । जहिले जनमत पार्टीले समर्थन गरेपनि सरकारमा प्रतिनिधित्व छैन । त्यस्तै, मधेश प्रदेशमा पनि जनमत पार्टीका कृषिमन्त्री र कृषि राज्यमन्त्री सञ्जय यादवलाई जिम्मेवारीविहिन बनाइएको छ । त्यसप्रति जनमत पार्टी असन्तुष्ट छ ।
‘दुवै सरकारमा पटक पटक अपमानित हुँदै आएको जनमत पार्टी सरकार बारेमा सोच्न बाध्य भएको छ । सरकारको विषयमा आज कुनै ठोस निर्णय आउँछ’ ती केन्द्रीय सदस्यले बताए । बैठकमा विधान संशोधनको विषयमा छलफल गर्ने एजेण्डा समेत राखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
व्यावसायिक रुद्राक्ष खेतीबाट राम्रो आम्दानी गर्दै मैदानेका किसान
-
दमौली बजारका अवैध संरचना हटाउन आग्रह
-
अर्मेनियाका प्रधानमन्त्रीको दललाई बहुमतको सङ्केत
-
गाडी दुर्घटनामा मुस्ताङ घुमेर फर्कँदै गरेका पाँच जना आन्तरिक पर्यटक घाइते
-
१२ बजे १२ समाचार: सत्ता पक्ष र विपक्षी दलबिच संवादहीनता तोडियो, सुधनको सम्पत्तिमा समितिले देखेन खोट
-
स्वीकृतभन्दा बढी शय्या सञ्चालन गर्ने मेडिकलबाट बेरुजु रकम असुल गरिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण