शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

जनमत पार्टीको केन्द्रीय समिति बैठक : सरकारबारे ठोस निर्णय हुँदै

शुक्रबार, १२ जेठ २०८०, १३ : १०
शुक्रबार, १२ जेठ २०८०

काठमाडौँ । जनमत पार्टीको केन्द्रीय समितिको बैठक काठमाडौँमा जारी रहेको छ । बिहानदेखि एक होटलमा जारी बैठकमा सरकार, पार्टीको विधान, संगठन निर्माणलगायतका विषयमा छलफल भइरहेको छ । बैठकमा सहभागी एक नेताकाअनुसार छलफलको मुख्य विषय सरकार नै बनेको छ । सरकारको विषयमा पार्टीले केही निर्णय गर्न सक्ने उनले बताए ।

‘जनमत पार्टीलाई केन्द्रदेखि प्रदेश सरकारसम्म पटक पटक अपमान गरिएको थियो । सरकारमा रहने कि नरहने केन्द्रीय समितिको बैठकले निर्णय गर्छ’ ती नेताले भने । केन्द्र सरकारमा सो पार्टीले उद्योग वा कृषि मन्त्रालय माग गरेको थियो तर खानेपानी मन्त्रालय चित्त बुझाउनुपरेको थियो । प्रधानमन्त्री प्रचण्डले मन्त्रालय परिवर्तन गरिदिने आश्वास दिएपनि मन्त्रिपरिषद् विस्तार हुँदा खानेपानी मन्त्रालय नै दिएपछि जनमत पार्टी असन्तुष्ट भएको थियो । त्यसलगत्तै सो पार्टीले मन्त्रीलाई सरकारबाट फिर्ता बोलाएको थियो ।

जनमतका अध्यक्ष डा.सिके राउतलाई अर्को मन्त्रालय दिने आश्वासन दिइएपनि सो पार्टीलाई अर्को मन्त्रालय दिइएन । जहिले जनमत पार्टीले समर्थन गरेपनि सरकारमा प्रतिनिधित्व छैन । त्यस्तै, मधेश प्रदेशमा पनि जनमत पार्टीका कृषिमन्त्री र कृषि राज्यमन्त्री सञ्जय यादवलाई जिम्मेवारीविहिन बनाइएको छ । त्यसप्रति जनमत पार्टी असन्तुष्ट छ ।

‘दुवै सरकारमा पटक पटक अपमानित हुँदै आएको जनमत पार्टी सरकार बारेमा सोच्न बाध्य भएको छ । सरकारको विषयमा आज कुनै ठोस निर्णय आउँछ’ ती केन्द्रीय सदस्यले बताए । बैठकमा विधान संशोधनको विषयमा छलफल गर्ने एजेण्डा समेत राखिएको छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप