साताको सेयर बजार : ८१ अंकले बढ्यो नेप्से, ४ अर्ब ८५ करोडको कारोबार
काठमाडौँ । यो साता पनिसेयर बजारका लागि उत्साहपूर्ण नै रह्यो । १८ सय ७७ अंकको विन्दुमाबाट सुरु भएको नेप्से सूचक यो सातामा ८१.८ अंकले बढ्दै १९ सय ५९.१२ अंकको विन्दुमा उक्लिएको छ ।
साथै यो साता कारोबार रकम समेत बढोन्नती हुँदै ४ अर्ब ८५ करोड ६५ लाख ६७ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । यद्यपि, यस साता चार दिन मात्र सेयर कारोबार भएको छ । बिहीबार सार्वजनिक बिदा परेकाले कारोबार हुन सकेन ।
अद्यपि, अघिल्लो हप्ता पाँचै कारोबार दिन खुलेको बजारमा ४ अर्ब ५३ करोड २६ लाख ८९ हजार ११३ रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।
यस्तै यो साता मार्केट क्यापिटलाइजेशन (सेयर पुँजीकरण) समेत १ खर्ब १९ अर्ब ३३ करोड ४० लाख रुपैयाँले बढ्दै २८ खर्ब ५८ अर्ब ६ करोड २० लाख रुपैयाँमा पुगेको छ ।
अघिल्लो साताको अन्तिम दिन यस्तो मार्केट क्यापिटलाइजेशन ५६ अर्ब २३ करोड ७० लाख ६६ हजार रुपैयाँले बढ्दै २७ खर्ब ३८ अर्ब ७२ करोड ८० लाखरुपैयाँ कायम भएको थियो ।
कुन दिन कतिले नेप्से घट/बढ भयो ?
यस साता जम्मा चार दिन खुलेको बजारमा चारै दिन नेप्से सूचक सकारात्मक रह्यो । जेठ ७ गते अर्थात् मे २१ का दिन १८ सय ७७.३२ अंकबाट कारोबार भएको नेप्से सूचक सोही दिन ५.८९ अंकले बढ्दै १८ सय ८३.२० अंकको विन्दुमा उक्लियो ।
दोस्रो दिन थप ८.११ अंकले बढ्दै १८ सय ९१.३१ अंकको विन्दुमा उक्लिएको नेप्से सूचक तेस्रो र चौथो दिन क्रमशः ५१.३२ अंक र १६.४९ अंकले नेप्से बढ्दै १९ सय ५९.१२ अंकको विन्दुमा उक्लियो ।
मौद्रिक नीतिको त्रैमासिक समीक्षापछि वित्त बजार खुकुलो हुँदा ब्याजदर समेत घट्ने अपेक्षासहित बजार पुन बुलतर्फ अग्रसर भएको लगानीकर्ताहरुको अनुमान छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राज्य र पत्रकारिता एक अर्काका प्रतिद्वन्द्वी होइनन्, परिपूरक हुन् : कार्यवाहक राजदूत पौडेल
-
पछिल्लो वर्ष नेपालमा पर्यटक आगमन १२ लाखभन्दा बढी, २५ प्रतिशत भारतबाट
-
नेपालको समृद्धिका लागि एनआरएनए र पत्रकारबिच बलियो सहकार्य आवश्यक : रोविन शेरचन
-
सांसदहरूलाई स्वकीय सचिव नियुक्ति गर्ने निर्णयका विरुद्ध प्रदर्शन (तस्बिरहरू)
-
हरिशयनी एकादशी : नारायण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो
-
हरियो साउनको गहिरो आस्था
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण