दुई सांसदमाथि जनमतले चलायो कारबाहीको डण्डा
काठमाडौँ । डा.सिके राउत नेतृत्वको जनमत पार्टीले दुई जना सांसदलाई कारबाही गरेको छ । जनमतले ‘राइट टु कल’ भन्ने पार्टीको नीति अन्तर्गत पार्टीबाट कारबाही गरेर सांसदको भूमिकाबाट हटाउने निर्णय गरेको हो ।
शुक्रबार बसेको केन्द्रीय समितिको बैठकले प्रतिनिधि सभाका समानुपातिक सांसद सोनु मुर्मुर (मोरङ) र विनीता सिंह (सिरहा)लाई कारबाही गर्दै पदबाट हटाउने निर्णय गरेको पार्टी स्रोतले जनाएको छ ।
उनीहरूले सांसद भएर अनुशासन उल्लङ्घन गरेको आरोप जनमतले लगाएको छ । बैठकले दलित कलस्टरबाट सांसद बनेकी सोनु मुर्मुरको ठाउँमा कपिलवस्तुकी दुर्गावत्ती धोवीलाई संसद् बनाउन सिफारिस गर्ने निर्णय गरेको छ ।
त्यस्तै आदिवासी जनजाति कलस्टरबाट सांसद बनेकी विनीता सिंह (सिरहा)को ठाउँमा कसलाई पठाउने भन्नेबारे निर्णय हुन बाँकी छ।
सो पार्टीका उपाध्यक्ष एवं मधेस सरकारका मन्त्री वसन्त कुशवाहाले बैठकमा यसबारे छलफल भएको स्वीकार गरेपनि निर्णयबारे थप खुलाउन चाहेनन् ।
पार्टी स्रोतले भने उपाध्यक्ष अब्दुल खानमाथि पनि कारबाहीको कुरा उठेको जनाएको छ । तर पार्टीले तत्काल उनलाई कारबाही नगरेर आन्तरिक छानबिन गर्ने निर्णय लिएको छ ।
उपाध्यक्ष खानले पनि पार्टीको अनुशासन उल्लघंन गरेको बैठकमा उठेको थियो ।
यस्तै कार्यकारिणी सदस्य इर्फान शेख, सुनिता सदाय र जोया शेखमाथि पनि कारबाही भएको छ ।
यसैबीच जनमत पार्टीको विधान संशोधन गरिएको छ । जसअनुसार केन्द्रीय समिति विस्तार गर्नुको साथै सचिवालय पनि गठन गरिएको छ । ३५ सदस्यीय सचिवालय गठन गरिएको छ भने ५० सदस्यीय कार्यकारिणी समिति पनि गठन भएको छ । जनमतमा सबभन्दा शक्तिशाली सचिवालय हुनेछ ।
सचिवालयबाट हुन नसकेको निर्णय मात्र कार्यकारिणी समितिमा जाने प्रावधान विधानमा राखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
व्यावसायिक रुद्राक्ष खेतीबाट राम्रो आम्दानी गर्दै मैदानेका किसान
-
दमौली बजारका अवैध संरचना हटाउन आग्रह
-
अर्मेनियाका प्रधानमन्त्रीको दललाई बहुमतको सङ्केत
-
गाडी दुर्घटनामा मुस्ताङ घुमेर फर्कँदै गरेका पाँच जना आन्तरिक पर्यटक घाइते
-
१२ बजे १२ समाचार: सत्ता पक्ष र विपक्षी दलबिच संवादहीनता तोडियो, सुधनको सम्पत्तिमा समितिले देखेन खोट
-
स्वीकृतभन्दा बढी शय्या सञ्चालन गर्ने मेडिकलबाट बेरुजु रकम असुल गरिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण