जनमत पार्टीको समन्वय समितिको बैठक बस्दै
शनिबार, १३ जेठ २०८०, १० : ३८
काठमाडौं । जनमत पार्टीले आज जनप्रतिनिधि समन्वय समितिको बैठक बोलाएको छ । सो बैठकमा स्थानीय तहमा जनमत पार्टीबाट निर्वाचित वडाअध्यक्ष, गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, नगरपालिकाका प्रमुख, उपप्रमुखहरूको उपस्थिति रहने पार्टीका अध्यक्ष सिके राउतले जानकारी दिए । बैठकमा पार्टीको अवधारणाअनुरुप आगामी नीति तथा कार्यक्रमको खाका कोर्ने र स्थानीय बजेटमा समावेश गर्न सुझाव दिइने बताइएको छ ।
गत आर्थिक वर्षको योजना तथा कार्यक्रमको समीक्षा गर्दै आगामी साउन ६ गते हुने जनमत संग्रहको विषयमा पनि बैठकमा छलफल हुने बताइएको छ । बैठकमा स्थानीय तहका प्रतिनिधिले गरेका कामको पनि समीक्षा हुने र त्यसको आधारमा अगामी कार्यकालको यात्र तय गर्ने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
व्यावसायिक रुद्राक्ष खेतीबाट राम्रो आम्दानी गर्दै मैदानेका किसान
-
दमौली बजारका अवैध संरचना हटाउन आग्रह
-
अर्मेनियाका प्रधानमन्त्रीको दललाई बहुमतको सङ्केत
-
गाडी दुर्घटनामा मुस्ताङ घुमेर फर्कँदै गरेका पाँच जना आन्तरिक पर्यटक घाइते
-
१२ बजे १२ समाचार: सत्ता पक्ष र विपक्षी दलबिच संवादहीनता तोडियो, सुधनको सम्पत्तिमा समितिले देखेन खोट
-
स्वीकृतभन्दा बढी शय्या सञ्चालन गर्ने मेडिकलबाट बेरुजु रकम असुल गरिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण