भ्रष्ट्राचार अन्त्य नभएसम्म विश्राम लिन्नौ : रवि लामिछाने
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मुलुकका भ्रष्टाचार अन्त्य नभएसम्म आफ्नो पार्टीले विश्राम नलिने बताएका छन् । सभापति लामिछानेले नक्कली भुटानी शरणार्थी प्रकरणको प्रसङ्ग उठाउँदै भ्रष्टहरुलाई देशलाई नलखेटेसम्म आफूहरूले विश्राम नलिने बताएका हुन् । शनिवार पार्टीको ललितपुर महानगर समितिले आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले आफूमाथि जतिसुकै मुद्दा लगाइए पनि, घेराबन्दी गरे पनि भ्रष्ट्राचार विरुद्धको पार्टीको अभियान नरोकिने बताए ।
‘कुनै पनि भ्रष्टहरूको विषयमा हामी निर्मम भएर अगाडि बढछौं । यति भन्दै गर्दा अझ कति धेरै घेराबन्दी होला । कत्रो सजाय भोग्नुपर्छ होला । मलाई थाहा छैन । तर मलाई मतलब छैन’ उनले भने, ‘किन मतलब छैन भने नेपाली जनताले त्यसै भोट हालेका होइनन् । भोट हाल्न नेता नभएर होइन । नेपाली जनतालाई जिन्दाबाद भन्न अरू कुनै पार्टी नभएर होइन । नेपाली जनतालाई भोट हाल्नका लागि अरू कुनै चिन्ह नभएर होइन । नेपाली जनताले यो भ्रष्टाचार चाहिँ निर्मूल पार्नुपर्यो भनेर घण्टी बजाएका हुन्, यो कुरा हामीले बुझेका छौँ ।’
नेपाली जनताले आफ्नो पार्टीलाई भ्रष्टाचार नियन्त्रणका लागि मत दिएको जिकिर गर्दै उनले सो कामलाई पहिलो प्राथमिकता दिएर अघि बढाउने प्रतिबद्धता पनि व्यक्त गरे । सभापति लामिछानेले भने, ‘हामीमाथि जतिसुकै घेराबन्दी हुन् । जतिसुकै मुद्दा चल्दै गरुन् । भ्रष्टहरुलाई यो देशबाट नलखेटेसम्म र भ्रष्ट्राचारको जरो नउखालेसम्म हामी विश्राम लिँदैनौँ । अरू विवाद हामी गर्दै गरौँला । अरू छलफल हामी गर्दै गरौँला ।’
उनले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेपाल प्रहरीको अनुसन्धानमाथि पनि आफूहरूलाई शङ्का लागेकाले संसदीय विशेष समिति बनाएर छानबिन गर्न माग गर्नु परेको स्पष्ट पारे । उनले संसदीय विशेष समिति बनाएर सो प्रकरणमा संलग्नहरूलाई कारबाही गर्नका लागि आफ्नो पार्टीले सक्दो पहल गर्ने समेत बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
रोटरी नेपाल-भुटानको गभर्नरमा कार्कीले सम्हाले पदभार
-
विश्वकपमा चम्किएका भोजिन्हा, क्लबविहीन गोलरक्षक बने विश्वभर चर्चित
-
अन्तर्राष्ट्रिय सम्बन्ध उतार चढावमै बित्यो सरकारको १०० दिन
-
सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने
-
घरपझोङमा चक्रपथ निर्माण सम्पन्न, आवागमन सहज
-
गृहमन्त्री सुधन गुरुङ विराटनगरमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण