सिर्सिया नदीको प्रदूषण नियन्त्रणका लागि सहयोग गर्ने मन्त्री रिजालको प्रतिबद्धता
काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले पर्सा स्थित सिर्सिया नदीको प्रदूषण नियन्त्रणका लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
नदी प्रदुषण मुक्त अभियानका अभियन्ताहरुलाई आइतबार माइतीघर स्थित धर्ना स्थलमा भेट्दै मन्त्री रिजालले आफू प्रदूषण नियन्त्रणको पक्षमा रहेको बताउनु हुदै यसमा सरकारको पूर्ण सहयोग हुने प्रतिबद्धता व्यक्त गरेका हुन् । सिर्सिया नदी प्रदूषित हुँदा यो विषय स्थानीयको जनजीविकासँग समेत जोडिने हुँदा यसप्रति आफू गम्भीर रहेको बताउँदै मन्त्री रिजालले यथासक्दो समस्या समाधान गर्ने बताउनु बताएका छन् ।
बारा औद्योगिक करिडोरका उद्योगबाट निस्किने फोहोरका कारण सिर्सिया नदी प्रदूषित हुँदै आएको भन्दै चुरे तथा वन जङ्गल संरक्षण अभियानले आइतबारबाट माइतीघरमा धर्ना दिएको छ । वीरगञ्जबाट पैदल काठमाडौँसम्म आइपुगेका अभियन्ताहरूले मन्त्री रिजाल समक्ष ज्ञापन पत्र समेत बुझाएका छन् । सिर्सिया नदीलाई प्रदूषण मुक्त बनाउन औद्योगिक क्षेत्रबाट निस्कने फोहोर नदीमा खसाउन बन्द गर्नुपर्ने अभियन्ताहरूको मुख्य माग रहेको छ ।
ज्ञापन पत्रमार्फत अभियन्ताहरूले सिर्सिया नदी लगायत देशभरका अन्य नदीलाई प्रदुषणमुक्त र अतिक्रमणबाट बचाउन उच्चस्तरीय नदी संरक्षण बोर्डको स्थापना गर्न माग गरेका छन् । त्यसैगरी विभिन्न स्थानमा वन क्षेत्रको जग्गाहरू उद्योगले कब्जा गरेको भन्दै त्यसलाई फिर्ता गरी वन क्षेत्रलाई हस्तान्तरण गर्न समेत ज्ञापन पत्रमार्फत माग गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सशस्त्र प्रहरीद्वारा तीन महिनामा ३ सय ४७ जनाको सकुशल उद्धार
-
भारत भ्रमणमा रहेका प्रधानन्यायाधीश शर्मालाई सर्वोच्च अदालतमा स्वागत
-
सपना प्रधान मल्ललाई कायम मुकायम प्रधानन्यायाधीशको जिम्मेवारी
-
अस्ट्रेलियन फुटबलर भोल्पाटो कोकिन परीक्षणमा पोजेटिभ
-
इरान युद्धमा मृत अमेरिकी सैनिकको सङ्ख्यालाई लिएर विवाद
-
गण्डकीमा दर्ता हुन थाले राइड सेयरिङ कम्पनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण