बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

बुवाले काटिदिए छोराको नाक

आइतबार, १४ जेठ २०८०, १८ : २७
आइतबार, १४ जेठ २०८०

बुटवल । गुल्मीमा घरायसी विवाद हुँदा बुवाले छोराको नाक काटिदिएका छन् । इस्मा गाउँपालिका–३ तोरिपाटाका ५६ वर्षीय दिलबहादुर नेपालीले आफ्ना ३२ वर्षीय छोरा बाबुराम नेपालीको नाक हँसियाले काटिदिएको प्रहरीले जनाएको हो ।

बाबुले हँसिया प्रहार गर्दा छोराको नाकमा गहिरो चोट लागेको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक नविनकिशोर प्रधानले बताएका छन् । घाइतेलाई जिल्ला अस्पतालमा गुल्मीले प्राथमिक उपचारपछि थप उपचारका लागि बुटवल रिफर गरेको छ । 

आक्रमण गर्ने बुवालाई इस्मा प्रहरी चौकीले नियन्त्रणमा लिएको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप