खेलकुदमा राजनीतिको छायाँ : युक्रेनी खेलाडीले हात मिलाइनन् आर्यनासँग
काठमाडौं । फ्रान्समा यतिबेला ग्रान्डस्लाम टेनिस प्रतियोगिता, फ्रेन्च ओपन चल्दैछ । प्रतियोगितामा विश्वका चर्चित टेनिस खेलाडीले प्रतिस्पर्धा गर्दैछन् । तर, प्रतियोगिताको आइतबार राति सम्पन्न एक खेलपछि टेनिस कोर्टमा उपस्थित समर्थहरुले विश्व खेलकुदमा राजनीतिको छायाँ परेको एउटा उदाहरण देख्ने अवसर पाए ।
बेलारुसकी प्रभावशाली खेलाडी हुन्, आर्यना सबालेन्का । जारी फ्रेन्च ओपनमा उनले महिलातर्फ दोस्रो वरीयता प्राप्त गरेकी छन् । अर्कोतिर, मार्टा कोत्सयुक युक्रेनकी खेलाडी हुन् । संयोगले आइतबार राति महिला एकलतर्फको पहिलो चरणको खेल २५ वर्षीया आर्यना र २० वर्षीया मार्टाबीच नै परेको थियो । स्वभाविक रुपमा उक्त खेलमा आर्यनाले मार्टालाई ६—३, ६—२ को सोझो सेटमा पराजित गरिन् ।
सामान्यतः खेल सकिएपछि जित्ने र हार्ने दुबै खेलाडीले आपसमा हात मिलाउने प्रचलन हुन्छ । तर, मार्टाले आर्यनासँग हात मिलाउन अस्वीकार गरिन् । मार्टाले आर्यनासँग सामान्य भलाकुसारी गर्ने चासोसम्म देखाइनन् । यसलाई खेलकुद विश्लेषकहरुले खेल मैदानमा परेको राजनीतिको छायाँका रुपमा लिएका छन् । खासमा लामो समयदेखि रुस र युक्रेनबीच युद्ध चलिरहेको छ । त्यसैले युक्रेनी खेलाडी मार्टाले बेलारुसकी आर्यनासँग हात मिलाउन अस्वीकार गरेकी हुन् ।
आइतबार मात्र पनि रुसले युक्रेनको राजधानी किभमा द्रोन आक्रमण गरेको थियो । त्यसैले पनि मार्टा अझ बढी रुष्ट बनेकी थिइन् । आक्रमणको घटना मार्टा र आर्यनाबीचको खेलभन्दा ठिकअघि भएको थियो । मार्टा आफ्नी आमा र बहिनीसँग मोनाकोमा बस्छिन् । तर, उनका बुवा र हजुरबुवा भने युक्रेनको किभमा बस्छन् । खेलपछि मार्टाले आर्यनासँग हात नमिलाएको घटनालाई लिएर आफूलाई कुनै पछुतो नरहेको धारणा ब्यक्त गरिन् । आर्यनाले भने मार्टाप्रति सहानुभूति ब्यक्त गरिन् । ‘म उनको मनोदशालाई राम्ररी बुझ्न सक्छु । मेरो मनमा उनीप्रति निकै सम्मान छ,’ आर्यनाले भन्छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वातावरणमैत्री र हरित सडक निर्माणमा सडक विभागको जोड
-
प्रधानमन्त्रीलाई ‘राजदूत बनाइदिन’ म्यासेज गर्दा सचिव कृष्णहरि पुष्कर पक्राउ अनि रिहा
-
पत्रकार महासङ्घद्वारा जेठ २५ देखि असार ५ गतेसम्म दबाबमूलक आन्दोलन घोषणा
-
‘ध्यानबाट मानसिक शान्ति, तनाव व्यवस्थापन तथा सामाजिक सद्भाव प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास’
-
‘रविसँग भारतले ‘समानान्तर कूटनीति’ प्रयोग गरेको हुन सक्छ’
-
सुर्खेत–जुम्ला सडकको दही खोलामा पुल निर्माणका लागि ठेक्का आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण