सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
१६औँ गणतन्त्र दिवस

गणतन्त्रपछि बिजुली उत्पादन : १५ वर्षमा २७६ प्रतिशतले वृद्धि

सोमबार, १५ जेठ २०८०, १५ : २१
सोमबार, १५ जेठ २०८०

काठमाडौँ । नेपालले बिजुली उत्पादनको क्षेत्रमा गणतन्त्र आइसकेपछि मात्रै उल्लेखनीय फड्को मार्न थालेको देखिएको छ । २०६४ सालमा गणतन्त्र घोषणा भएयता बिजुली उत्पादनको क्षेत्रमा अकल्पनीय उपलब्धि मिलेको तथ्याङ्कले देखाएको हो ।

राष्ट्रिय योजना आयोगले गणतन्त्र दिवसको अवसरमा सार्वजनिक गरेको एक तथ्याङ्क अनुसार २०६४ सालसम्मको अवधिमा नेपालमा जम्मा ७०० मेगावाट बिजुली उत्पादन हुँदै आएको थियो । तर, त्यसयताको १५ वर्षको अवधिमा २०७९ चैत मसान्तसम्ममा बिजुली उत्पादन बढेर २६ सय ६८ मेगावाट पुगेको छ ।

यसले गणतन्त्रपछिको १५ वर्षको अवधिमा नेपालले बिजुलीको उत्पादनमा उल्लेखनीय फड्को मारेको पुष्टि गर्छ । यस अवधिमा मात्रै राष्ट्रिय प्रसारण लाइनमा १९ सय ६८ मेगावाट बिजुली जोडिएको छ ।

१५ वर्षमा के भयो ?

image

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप