बागमती सरकारद्वारा ६ जना पत्रकार सम्मान
मकवानपुर । बागमती प्रदेश सरकारले ६ पत्रकारलाई सम्मान गरेको छ । प्रदेश सरकारले विकास र समृद्धिमा भूमिका खेलेको भन्दै १६ औँ गणतन्त्र दिवस २०८० का अवसरमा सोमबार एक कार्यक्रमको आयोजना गर्दै ६ जना पत्रकारलाई नगदसहित सम्मान गरेको हो ।
प्रदेशमा पत्रकारिता मार्फत क्रियाशील रूपमा समाजको बहु आयामिक विकासमा टेवा पुर्याएको भन्दै अग्रज पत्रकार सम्मानबाट सिन्धुपाल्चोकका सुरेश कसजु, विकाश पत्रकारिता सम्मानबाट चितवनका पत्रकार अनिल ढकाल, ग्रामीण पत्रकारिता सम्मानबाट मकवानपुरका पत्रकार शिवकुमार रिजाल ‘काशी’, प्रदेश गौरव पत्रकारिता सम्मानबाट नुवाकोटकी पत्रकार शक्तिमाया तामाङ र युवा पत्रकारिता सम्मानबाट सिन्धुलीका विक्रम रत्नलाई पुरस्कृत गरियो । पुरस्कारको राशि जनही २० हजार रुपैयाँ रहेको छ।
सोही अवसरमा प्रदेश सरकारले खुला लेख प्रतियोगिता मार्फत् ६ जनालाई पुरस्कृत गरेको छ । प्रदेश सरकारको तर्फबाट आन्तरिक मामिला तथा कानून मन्त्रालयले उक्त लेख सङ्कलन तथा मूल्याङ्कन गरेको थियो । मन्त्रालयले सञ्चार रजिस्ट्रारको कार्यालयबाट मूल्याङ्कन गरिएका ६ जनालाई पुरस्कृत गरेको हो ।
जसमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयका अधिकृत सुरेन्द्र कार्की प्रथम भएका छन् । उनी सो मन्त्रालयका सूचना अधिकारी समेत हुन् । त्यस्तै प्रतियोगितामा मकवानपुरमा क्रियाशील रहेका पत्रकार सुनिता विष्ट, प्रेमकला पौडेल द्वितीय भए भने काठमाडौँका पत्रकार फणीन्द्र फुयाँल, पत्रकार अनीश मिजार, शिवराज योगी तृतीय भए । उनीहरू क्रमशः १५ हजार रुपैयाँ, १०/१० हजार रुपैयाँ र ५÷५ हजार रुपैयाँ नगदसहित पुरस्कृत भए ।
मुख्यमन्त्री शालिकराम जम्कट्टेलको अध्यक्षता भएको कार्यक्रममा प्रदेश प्रमुख यादवचन्द्र शर्माको प्रमुख आतिथ्यता रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
-
अनुहारमा दही लगाउँदा के हुन्छ ?
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण