बबई सिँचाइ आयोजनालाई ६३ करोड बजेट
सोमबार, १५ जेठ २०८०, १८ : ४०
काठमाडौँ । सरकारले बबई सिँचाइ आयोजनामार्फत थप १ हजार हेक्टर जमिनमा सिँचाइ पुर्याउने योजना बनाएको छ । यसका लागि आगामी आर्थिक वर्षमा ६३ करोड रुपैयाँ बजेट समेत विनियोजन गरेको छ ।
यस्तै, मध्ये तराईको १ लाख २२ हजार हेक्टर क्षेत्रलाई सिँचाइ सुनकोसी मरिन डाइभर्सन आयोजनाको निर्माण सम्पन्न गर्न ४ अर्ब १७ करोड विनियोजन भएको छ । यस्तै, भूमिगत जलस्रोतको उपयोग गरेर सर्लाही क्षेत्रको २२ हजार हेक्टर क्षेत्रमा सिँचाइ गर्न नयाँ आयोजना सुरु गरिने समेत अर्थमन्त्रीले घोषणा गरे ।
दाङ उपत्यकाको ६०० हेक्टर क्षेत्रफल जग्गामा सिँचाइका लागि सरकारले आयोजना अघि बढाएको छ ।
यस्तै, एकीकृत कर्णाली सिँचाइ विकास आयोजना समेत सुरु गर्ने र यसबाट कर्णालीमा कृषि उत्पादन वृद्धि गर्न सघाउ पुग्ने सरकारको विश्वास छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राज्य र पत्रकारिता एक अर्काका प्रतिद्वन्द्वी होइनन्, परिपूरक हुन् : कार्यवाहक राजदूत पौडेल
-
पछिल्लो वर्ष नेपालमा पर्यटक आगमन १२ लाखभन्दा बढी, २५ प्रतिशत भारतबाट
-
नेपालको समृद्धिका लागि एनआरएनए र पत्रकारबिच बलियो सहकार्य आवश्यक : रोविन शेरचन
-
सांसदहरूलाई स्वकीय सचिव नियुक्ति गर्ने निर्णयका विरुद्ध प्रदर्शन (तस्बिरहरू)
-
हरिशयनी एकादशी : नारायण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो
-
हरियो साउनको गहिरो आस्था
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण