दिल्ली पुगेर सीके राउतले के–के कुरा राखे ?
काठमाडौँ । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले सप्तरीमा रासायनिक मलको कारखाना खोल्नका लागि पहल गरी दिनका लागि भारतलाई आग्रह गरेका छन् । प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणका तयारी चलिरहेको बेला भारतको दिल्ली गएर भारत सरकारलाई सो आग्रह गरेका हुन् ।
जेठ १३ गते दिल्ली पुगेका अध्यक्ष राउतले त्यहाँ भाजपाका नेता तथा अन्य सरकारी निकायका पदाधिकारीहरूसँग भटेका थिए । भारत भ्रमणमा आउने प्रधानमन्त्री प्रचण्डसँग सप्तरीमा रसायनिक कारखानाका साथै विभिन्न उद्योग, दुग्ध तथा कृषिजन्य उद्योग, विज्ञान केन्द्र तथा प्लानेटेरियम, कोशी नहर, सडक खण्ड निर्माण (बैरेजदेखि तरहीसम्म), भारदहस्थित कोशी कोलोनीमा उद्योग सञ्चालनलगायतका विकास योजनाका लागि कुरा राख्न भारत सरकारसँग आग्रह गरेको अध्यक्ष राउतले बताए ।
त्यसका साथै उनले देशको समसामयिक राजनीतिक अवस्था, गठबन्धन सरकारलगायतको विषयमा पनि कुरा राखेको बताइएको छ । उनी जेठ १४ गते फर्केका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गोविन्द केसी फेरि किन बसे अनसनमा ?
-
एक वर्षमा नेपालको कुल वैदेशिक व्यापार २४ खर्ब नाघ्यो
-
सत्ताका लागि बीपीको मेलमिलाप नीति मिचियो, अब गाली होइन विवेकको राजनीति गरौँ : भीष्मराज आङ्देम्बे
-
सर्वोच्चको परमादेशः काठमाडौँको फोहोर व्यवस्थापनमा गर्न मुख्यसचिवको नेतृत्वमा समिति गठन गर्नू
-
नेप्सेमा १४.१७ अंकको वृद्धि, ४ अर्ब ६९ करोडको कारोबार
-
रिहापछि पहिलोपटक सार्वजनिक कार्यक्रममा देखिए विष्णु पौडेल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण