शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

दिल्ली पुगेर सीके राउतले के–के कुरा राखे ?

मङ्गलबार, १६ जेठ २०८०, १९ : ५५
मङ्गलबार, १६ जेठ २०८०

काठमाडौँ । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले सप्तरीमा रासायनिक मलको कारखाना खोल्नका लागि पहल गरी दिनका लागि भारतलाई आग्रह गरेका छन् । प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणका तयारी चलिरहेको बेला भारतको दिल्ली गएर भारत सरकारलाई सो आग्रह गरेका हुन् । 

जेठ १३ गते दिल्ली पुगेका अध्यक्ष राउतले त्यहाँ भाजपाका नेता तथा अन्य सरकारी निकायका पदाधिकारीहरूसँग भटेका थिए । भारत भ्रमणमा आउने प्रधानमन्त्री प्रचण्डसँग सप्तरीमा रसायनिक कारखानाका साथै विभिन्न उद्योग, दुग्ध तथा कृषिजन्य उद्योग, विज्ञान केन्द्र तथा प्लानेटेरियम, कोशी नहर, सडक खण्ड निर्माण (बैरेजदेखि तरहीसम्म), भारदहस्थित कोशी कोलोनीमा उद्योग सञ्चालनलगायतका विकास योजनाका लागि कुरा राख्न भारत सरकारसँग आग्रह गरेको अध्यक्ष राउतले बताए ।

त्यसका साथै उनले देशको समसामयिक राजनीतिक अवस्था, गठबन्धन सरकारलगायतको विषयमा पनि कुरा राखेको बताइएको छ । उनी जेठ १४ गते फर्केका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप