सन्दीपले दिए दक्षिण अफ्रिका जाने राष्ट्रिय क्रिकेट टोलीलाई शुभकामना
काठमाडौँ । नेपाली क्रिकेट टोलीका प्रभावशाली स्पिनर सन्दीप लामिछाने राष्ट्रिय क्रिकेट टोलीको दक्षिण अफ्रिका भ्रमणमा सहभागी नहुने भएका छन् । आफू राष्ट्रिय टोलीसँग दक्षिण अफ्रिका नजाने भएपछि उनले टोलीका अन्य सदस्यलाई सफलताको शुभकामना दिएका छन् ।
जिल्ला अदालत काठमाडौँबाट मंगलबार पनि बलात्कार मुद्दाको अन्तिम सुनुवाइ नभएपछि सन्दीपको दक्षिण अफ्रिका भ्रमण सम्भव नभएको हो । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत दक्षिण अफ्रिका जाने टोलीका अन्य सदस्यलाई शुभकामना दिएका हुन् ।
उनले लेखेका छन् ‘मलाई तपाईँहरूको क्षमताप्रति पूर्ण विश्वास छ । तपाईँहरू सबैले क्रिकेटलाई यो स्तरमा ल्याएर विश्वसामु आफ्नो क्षमता देखाउनु भएको छ । फेरि तपाईँहरूका अगाडि आफ्नो क्षमताप्रति विश्वास गर्ने समय आएको छ । तपाइहरू जहाँ जानु भए पनि आफ्नो उत्कृष्ट प्रदर्शन दिनुहोला । सफल टोली र सुरक्षित यात्राको शुभकामना ।’
नेपाली टोली अन्तिम तयारीको लागि मंगलबार बेलुकी दक्षिण अफ्रिका जाँदैछ । दक्षिण अफ्रिका भ्रमणका क्रममा नेपालले नेदरल्यान्ड्स, स्कटल्यान्ड, ओमान र युएईसँग मैत्रीपूर्ण खेल खेल्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोड्री भित्र्याउन रियल र एजेन्टबिच गोप्य वार्ता
-
आजदेखि २४औँ सत्याग्रह सुरु गर्दै गोविन्द केसी
-
देशका प्रमुख नदीमा बहाव सामान्य, २८ जिल्लाका साना खोलामा बाढीको मध्यम जोखिम
-
फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच, लागुऔषध सेवन गर्ने तीन डुङ्गा चालक नियन्त्रणमा
-
अमेरिकी तल्लो सदनबाट ११ खर्ब ५० अर्ब डलरको रक्षा विधेयक पारित
-
पुष्पलालको वैचारिक मार्गदर्शनमा कम्युनिस्ट आन्दोलनको पुनर्गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण