विद्यालय कर्मचारीद्वारा आन्दोलनका घोषणा
काठमाडौँ । सामुदायिक विद्यालय कर्मचारीहरूले आन्दोलनको घोषणा गरेका छन्। नेपाल विद्यालय कर्मचारी परिषद्ले पत्रकार सम्मेलन गर्दै आन्दोलनको घोषणा गरेको हो।
आन्दोलनका कार्यक्रम अनुसार जेठ २० देखि २६ गतेसम्म विद्यालयको ताला चाबी बुझाई सम्पूर्ण विद्यालय कर्मचारीहरू सम्बन्धित जिल्ला शिक्षा समन्वय इकाईमा धर्ना दिने रहेको छ।
त्यस्तै जेठ २७ देखि असार १ गतेसम्म काठमाडौँस्थित भद्रकालीमा रिले अनसन बस्ने कार्यक्रम रहेको अध्यक्ष गंगाराम तिवारीले बताए।
त्यस्तै आन्दोलनका कार्यक्रम अन्तरगत जेठ २ गतेदेखि माग सम्बोधन नहुँदासम्म सम्पूर्ण सामुदायिक विद्यालय बन्द गर्ने कार्यक्रम रहेको छ।
सरकारले आगामी आर्थिक वर्षको लागि बजेट भाषणमा आफ्ना मागहरू सम्बोधन नगरेको भन्दै विद्यालय कर्मचारीहरूले आन्दोलनको घोषणा गरेका हुन्।
जेठ ५ गते सरकारले ल्याएको नीति तथा कार्यक्रममा विद्यालय कर्मचारीको सेवा सुविधाको सम्बन्धमा सम्बोधन गरिने बताएको थियो । तर, बजेटमा माग सम्बोधनको विषय समावेश नगरिएको भन्दै आन्दोलनको विकल्प नभएको अध्यक्ष तिवारीले बताए।
सरकारले माग सम्बोधन गरियो भनेर घोषणा नगर्दासम्म आन्दोलन फिर्ता नहुने र वार्ताका लागि नजाने अध्यक्ष तिवारीले बताए।
देशभर रहेका ३५ हजारभन्दा बढी विद्यालय कर्मचारीहरू सेवा सुरक्षा लगायत विभिन्न मागहरू राख्दै आएका छन्। तर, सरकारले उनीहरूलाई न्यून सेवा सुविधासहित काममा लगाउँदै आएको छ।
परिषद्का महासचिव शान्तिनाथ योगीले अहिलेको अवस्थामा काम गर्न नसकिने भन्दै विद्यालयको तालाचावी स्कुललाई बुझाएर आन्दोलनमा होमिने बताए।
आफूहरूको चाहना विद्यालय बन्द गर्नु नरहेको भन्दै बाध्य हुनुपरेको महासचिव योगीले बताए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय चर्चित गायक सानले नेपालमा साङ्गीतिक प्रस्तुति दिने
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
-
बागमतीमा गत आर्थिक वर्षमा ४४ सडक पुल निर्माण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण