नेप्सेमा ३८ दशमलव ८३ अङ्कको गिरावट
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा ३८ दशमलव ८३ अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक दुई दशमलव ०६ प्रतिशतले घटेर एक हजार आठ सय ४९ दशमलव ७९ अङ्कमा कायम भएको हो । आगामी आर्थिक वर्षको बजेट सार्वजनिक भएपछि लगातार दोस्रो दिन आज पनि नेप्सेमा उच्च अङ्कको गिरावट देखिएको हो ।
आज दुई सय ६२ वटा कम्पनीको ८७ लाख ३६ हजार एक सय २८ कित्ता शेयर ३६ हजार आठ सय ९३ पटक खरिद बिक्री हुँदा रु दुई अर्ब ३१ करोड ५१ लाख ६९ हजार पाँच सय ७१ बराबरको कारोबार भएको छ । नेप्सेका सबै सूचकहरु रातो देखिएका छन् । सेन्सेटिभ सूचक सात दशमलव २८, फ्लोट सूचक दुई दशमलव ५९ र सेन्सेटिभ फ्लोट सूचक दुई दशमलव २० अङ्कले घटेको छ । सबै समूहका उपसूचक पनि घटेका छन् । सबैभन्दा धेरै जीवन बीमा समूहको उपसूचक दुई सय २८ दशमलव ८२ र निर्जीवन बीमा समूहको उपसूचक दुई सय २२ दशमलव ३४ अङ्कले घटेको छ ।
बैंकिङ समूह १८ दशमलव ६७, विकास बैंक समूह ७० दशमलव १७, वित्त समूह ३४, होटल तथा पर्यटन समूह एक सय २५ दशमलव ७१ र जलविद्युत् समूह ६१ दशमलव ८० अङ्कले घटेको छ । त्यसैगरी, लगानी समूह एक दशमलव ४८, उत्पादन तथा प्रशोधन एक सय ७२ दशमलव ९६, लघुवित्त ६३ दशमलव ०२, म्युचुअल फन्ड शून्य दशमलव ०६, व्यापार ३५ दशमलव ७३ र अन्य समूह २० दशमलव २० अङ्कले घटेको छ । आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ भने युनिलिभर नेपाल लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।
कारोबार रकम र शेयर सङ्ख्याका आधारमा आज सबैभन्दा धेरै प्रभु बैंक लिमिटेड प्रमोटर शेयर रु ३४ करोड २८ लाख १६ हजार एक सय २९ बराबरको २७ लाख ८७ हजार एक सय २३ कित्ता शेयर किनबेच भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राज्य र पत्रकारिता एक अर्काका प्रतिद्वन्द्वी होइनन्, परिपूरक हुन् : कार्यवाहक राजदूत पौडेल
-
पछिल्लो वर्ष नेपालमा पर्यटक आगमन १२ लाखभन्दा बढी, २५ प्रतिशत भारतबाट
-
नेपालको समृद्धिका लागि एनआरएनए र पत्रकारबिच बलियो सहकार्य आवश्यक : रोविन शेरचन
-
सांसदहरूलाई स्वकीय सचिव नियुक्ति गर्ने निर्णयका विरुद्ध प्रदर्शन (तस्बिरहरू)
-
हरिशयनी एकादशी : नारायण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो
-
हरियो साउनको गहिरो आस्था
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण