शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

अस्पतालहरूमा बेड उपलब्धताको स्थिति वेबसाइटमा राख्न स्वास्थ्य मन्त्रीको निर्देशन

बुधबार, १७ जेठ २०८०, २३ : १७
बुधबार, १७ जेठ २०८०

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले अस्पतालहरूमा शैय्या उपलब्धताको स्थिति वेबसाइटमा राखेर सार्वजनिक गर्न निर्देशन दिएका छन् ।  

बुधवार काठमाडौँ महानगरपालिकाले विश्व धूम्रपान रहित दिवस २०८० को अवसरमा आयोजना गरेको सुर्तीजन्य पदार्थ नियन्त्रण नियमन ऐन कार्यान्वयनमा स्थानीय सरकारको भूमिका विषयक कार्यक्रम बोल्दै मन्त्री बस्नेतले यसबारे जानकारी दिएका हुन् । 

उनले अस्पतालहरूमा आइसियु, इमर्जेन्सी वा सिसियु बेडहरु के–कति छन् र कति खालि छन् भन्ने कुराको जानकारी वेबसाइटमार्फत सार्वजनिक गर्न निर्देशन दिएको उल्लेख गरे । उनले सो काम सुरु भइसहेको भन्दै अब त्यसप्रकारको समस्या नहुने बताए । त्यस्तै ओपिडि टिकट अनलाइनमार्फत पनि लिन सकिने उनले बताए ।  

उनले संसारभरमा सुर्तीजन्य पदार्थमा सबभन्दा कम कर लिने मुलुक नेपाल भएको भन्दै सुर्तीजन्य पदार्थमा कर बढाउनुपर्ने बताए । उनले सुर्तीजन्य पदार्थमा कम्तीमा २० प्रतिशत कर थपिए सो करबाट उठ्ने राजश्व गरिब बिरामीहरूको उपचारमा प्रयोग गर्नुपर्ने बताए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप