तीन हजार अफगानी शरणार्थी स्वदेश फिर्ता
काबुल । इरानमा बस्दै आएका करिब तीन हजार अफगानी शरणार्थी मङ्गलबार स्वदेश फर्किएका छन् ।
अफगानिस्तानको शरणार्थी तथा स्वदेश फिर्ती मामिला मन्त्रालयले बुधबार जारी गरेको विज्ञप्तिमा एकै दिन ठूलो सङ्ख्यामा अफगानी शरणार्थी इरानबाट स्वदेश फर्किएको जानकारी दिइएको हो ।
“इरानमा वर्षौंसम्म शरणार्थीको रूपमा बिताएपछि मङ्गलबार दुई हजार ७७८ अफगानी शरणार्थीहरू आफ्नो मातृभूमि अफगानिस्तान फर्केका छन् र शरणार्थीहरूलाई उनीहरूको देशमा फर्काउने प्रक्रिया जारी छ,” विज्ञप्तिमा भनिएको छ ।
झण्डै २५ लाखभन्दा बढी दर्ता भएका अफगानी शरणार्थीहरू इरानमा बस्छन् भने त्यति नै सङ्ख्यामा पाकिस्तानमा बसोबास गर्दछन् ।
अफगानिस्तान युद्ध र तालिवानले सत्ता सम्हालेपछि पनि सुरक्षाको समस्या देखाउँदै ठूलो सङ्ख्यामा अफगानी नागरिक विदेश पलायन भएका थिए ।
अफगानिस्तानको कामचलाउ (तालिवान) सरकारले विदेशमा रहेका अफगानी शरणार्थीहरूलाई स्वदेश फर्कन र आफ्नो देशको पुनर्निर्माण प्रक्रियामा योगदान गर्न आह्वान गर्दै आएको छ ।- (रासस/सिन्ह्वा)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नामिबियासँगको हार भुलाउने दाउमा नेपाल, आज नेदरल्यान्ड्सको कडा चुनौती
-
प्रधानमन्त्री शाहले नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारीसँग छलफल गर्दै
-
रोड्री भित्र्याउन रियल र एजेन्टबिच गोप्य वार्ता
-
आजदेखि २४औँ सत्याग्रह सुरु गर्दै गोविन्द केसी
-
देशका प्रमुख नदीमा बहाव सामान्य, २८ जिल्लाका साना खोलामा बाढीको मध्यम जोखिम
-
फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच, लागुऔषध सेवन गर्ने तीन डुङ्गा चालक नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण