नेप्सेमा दोहोरो अंकको वृद्धि, कारोबार १ अर्ब ६५ करोडमा झर्यो
बिहीबार, १८ जेठ २०८०, १६ : १८
काठमाडौँ । बजेटपछि लगातार घटेको सेयर बजार परिसूचक नेप्से तेस्रो दिन दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्का अनुसार बिहीबार नेप्से सूचक १६.५४ अंकले बढ्दै १८ सय ६६.३४ अंकमा उक्लिएको हो ।
अघिल्ला दुई दिनमा नेप्से सूचक ८० अंकमाथिले घटेको थियो ।
यद्यपि, अघिल्ला दिनका तुलनामा आज कारोबार रकम भने घट्न पुगेको छ । नेप्सेका अनुसार १६ अंकले सूचक बढेको यस दिन १ अर्ब ६५ करोड ४६ लाख रुपैयाँ बराबरको ६१ लाख २८ हजार कित्ता सेयर किनबेच भएको छ ।
आज १३ वटै उपसूचक धनात्मक हुँदै बजारमा हरियाली छाएको छ । आज जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको मूल्य ६.९४ प्रतिशतले बढेको छ भने सनराइज फोकसड ईक्यूटी फन्डको मूल्य ६ प्रतिशतले घटेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राज्य र पत्रकारिता एक अर्काका प्रतिद्वन्द्वी होइनन्, परिपूरक हुन् : कार्यवाहक राजदूत पौडेल
-
पछिल्लो वर्ष नेपालमा पर्यटक आगमन १२ लाखभन्दा बढी, २५ प्रतिशत भारतबाट
-
नेपालको समृद्धिका लागि एनआरएनए र पत्रकारबिच बलियो सहकार्य आवश्यक : रोविन शेरचन
-
सांसदहरूलाई स्वकीय सचिव नियुक्ति गर्ने निर्णयका विरुद्ध प्रदर्शन (तस्बिरहरू)
-
हरिशयनी एकादशी : नारायण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो
-
हरियो साउनको गहिरो आस्था
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण