आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

खेलाडीको भविष्यबारे मन्त्रालय चिन्तित छ : मन्त्री लिम्बू

बिहीबार, १८ जेठ २०८०, १८ : ५०
बिहीबार, १८ जेठ २०८०

काठमाडौँ । युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बूले खेलाडीको भविष्यप्रति सरकार चिन्तित रहेको बताएका छन् । 

नेपाल लोकतान्त्रिक खेलकुद संघले खेलाडी र खेलाडीको भविष्य सुनिश्चितता हुनुपर्ने मागसहित बुझाएको ज्ञापन पत्र बुझेपछि बोल्दै मन्त्री लिम्बूले सरकार खेलाडीको भविष्यमा चिन्तित रहेको बताएका हुन् ।  

ज्ञापनपत्र बुझिसकेपछि उपस्थित पदाधिकारीलाई सम्बोधन गर्ने क्रममा उनले खेलाडी पलायन सम्बन्धमा सरकार चिन्तित भएको भन्दै खेलाडीलाई स्वदेशमा नै रहने वातावरण मिलाउने प्रबन्ध गर्ने विषयमा योजना ल्याउन लागेको समेत बताए ।   

नयाँ आर्थिक बजेट आएसँगै युवा, खेलाडी र खेलसँग जोडिनेका लागि छिट्टै योजना सार्वजनिक गर्ने समेत उनले जानकारी दिए । खेलसँग जोडिएका खेलाडीहरुलाई खेलपछिको बाँकी जीवन विताउनका लागि खेलको अलावा व्यावसायिक हुने गरी समय प्रबन्ध गर्न पनि मन्त्री लिम्बूले आग्रह गरे । सबै खेलाडीको आर्थिक अवस्था र भौगोलिक अवस्था फरक फरक भएकाले विकल्पका समय मिलाउन मन्त्री लिम्बूले आग्रह गरे । 

यस्तै विभिन्न प्रदेशमा भौतिक पूर्वाधार निमार्णका लागि पनि सरकारले कार्यक्रमहरु अगाडि ल्याएको र पहिलो चरणमा प्राथमिकतामा रहेका पूर्वाधारलाई जोड दिने मन्त्री लिम्बूले बताए ।   उनले खेलाडीको वृत्ति विकास र प्रशिक्षणको व्यवस्थापनका लागि पनि राष्ट्रिय खेलकुद परिषद्सँग समन्वयन भइरहेको र नयाँ आर्थिक वर्षसँगै कार्यान्वयन हुने प्रस्ट पारे  । 

नेपाल लोकतान्त्रिक खेलकुद संघले भौतिक पूर्वाधार निमार्ण, खेलाडी पलायन रोक्न, धेरै भन्दा धेरै खेलका खेलाडीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रशिक्षणको व्यवस्थापन गर्न, खेलकुद भित्रको अनियमितता रोक्न, राष्ट्रिय टिम तयारीलाई बर्सभरि निरन्तरता दिन लगायतका विभिन्न १४ बुँदे मागसहित ज्ञापन पत्र बुझाएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप