सबैभन्दा शक्तिशाली ड्राई फ्रुट
ड्राई फ्रुट खाँदा स्वास्थ्यमा के कति फाइदा पुग्छ भनेर धेरैले पढिसक्नुभयो होला । लगभग सबै ड्राई फ्रुट स्वास्थ्यका लागि लाभकारी हुन्छ तर तीमध्ये पनि एउटा यस्तो ड्राई फ्रुट छ, जसले स्वास्थ्यलाई धेरै नै फाइदा पुर्याउँछ र त्यो हो – ओखर ।
हार्वर्ड मेडिकल स्कुलका अनुसार धेरैजसो ड्राई फ्रुटमा स्याचुरेटेड फ्याट हुन्छ तर ओखरमा पोलिस्याचुरेटेड फ्याटका साथै ओमेगा थ्री फ्याटी एसिड र अन्य विभिन्न प्रकारका एन्टिअक्सिडेन्ट हुन्छ जुन अन्य कुनै पनि ड्राई फ्रुटमा एकै पटक पाइँदैन । ओखरमा अल्फा लिनोलेनिक र लिनोलेनिक एसिड हुन्छ जुन एन्टी–इन्फ्लामेटरी हुन्छ । अर्थात्, यसले शरीरको आन्तरिक भागमा सुजन हुन दिँदैन । लिनोलेनिक एसिडका कारण रक्तनली पनि स्वस्थ हुन्छ । यसले रगत भित्र बोसो जम्न पनि दिँदैन । ओखरको सबैभन्दा ठुलो फाइदा के हो भने यसले हृदयाघातको आशङ्का निकै कम गर्न सक्छ ।
हार्वर्ड मेडिकल स्कुलका अनुसार विद्यालयका अनुसार पहिलो पटक ठुलो मात्रामा गरिएको अनुसन्धानमा ओखरले कुल कोलेस्ट्रोल कम गर्छ भन्ने प्रमाणित भएको छ । यसको सेवनले मुटुका सबै प्रकारका रोग लाग्ने खतरा कम हुन्छ ।
ओखरको सीमित मात्रामा सेवनले रक्तचाप र कोलेस्ट्रोलको स्तर कम गर्ने धेरै अध्ययनको परीक्षणले पनि दाबी गरेको छ । मुटुसँग सम्बन्धित जटिलता भएकाहरूका लागि पनि ओखर निकै फाइदाजनक हुन्छ ।
हार्वर्ड मेडिकलले अघिल्लो २६ अध्ययनको डाटा विश्लेषण गर्यो जसमा हजारभन्दा बढी मानिसमाथि परीक्षण गरिएको थियो । त्यसपछि, यो पत्ता लाग्यो कि ओखरको सेवनले कुल कोलेस्ट्रोललाई ७ मिलिग्राम प्रति डेसीलिटर भन्दा कममा ल्याउँछ ।
यसै गरी ओखरको सेवनले एलडीएल कोलेस्ट्रोललाई ५.५ मिलिग्राम प्रति डेसिलिटर, ट्राइग्लिसराइड्सको ५.७ मिलिग्राम प्रति डेसिलिटर र एपोप्रोटिन बीलाई ४ मिलिग्राम प्रति डेसिलिटरसम्म कममा झार्छ ।
राम्रो कुरा के हो भने ओखर अलि बढी खाँदा पनि यसले खासै हानी पुर्याउँदैन । यद्यपि, अनुसन्धानमा एक दिनमा कति ओखर खाने भनेर भनिएको छैन । तर ओखर खाँदा तौल बढ्दैन अर्थात्, यसले तौल पनि नियन्त्रित गर्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशमा निरङ्कुश प्रवृत्ति देखा पर्यो, एक पटक पुनः सङ्घर्ष गर्न आवश्यक छ : प्रचण्ड
-
१०८ वर्ष पुरानो गणितीय प्रश्न सुल्झाउँदै चिनियाँ गणितज्ञले रचे इतिहास
-
कम्युनिस्ट आन्दोलनले धक्का खाएको छ, नयाँ ऊर्जाका साथ अघि बढ्नुपर्छ: पूर्वप्रधानमन्त्री नेपाल
-
एक वर्षमै एक लाख २७ हजारभन्दा बढी चिठीपत्र तथा हुलाक सामग्री ओसारपसार
-
नागरिक एपबाटै ग्लोबल आइएमई बैंकको खाता खोल्न सकिने
-
पहाडी क्षेत्रका स-साना खोलामा आकस्मिक बाढीको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण