केएमसीले भित्र्यायो अत्याधुनिक ६४ च्यानलको थ्री तेस्ला एमआरआई
काठमाडौँ । काठमाडौँको सिनामंगलस्थित काठमाडौँ मेडिकल कलेजले अत्याधुनिक एमआरआई प्रयोगमा ल्याएको छ । नेपालमै पहिलो पटक केएमसीले अत्याधुनिक २००÷६४ च्यानलको थ्री तेस्ला एमआरआई बिहीबारबाट प्रयोगमा ल्याएको हो ।
नेपालमा यसअघि ३२ च्यानलसम्मका थ्री तेस्ला एमआरआई प्रयोगमा थिए । केएमसीले त्यो भन्दा दोब्बर क्षमताको एमआरआई प्रयोगमा ल्याएको केएमसीको रेडियोलोजी विभागका इन्चार्ज प्रदीप मिश्रले जानकारी दिए । ‘नेपालमै पहिलो पटक हामीले ६४ च्यानलको थ्री तेस्ला एमआरआई प्रयोगमा ल्याएका छौं,’ इन्चार्ज मिश्रले भने, ‘यसअघि ३२ च्यानलसम्मका एमआरआई नेपालमा थिए, यो नेपालमा हालसम्मकै लेटेस्ट एमआरआई हो ।’
सामान्यतया एमआरआई गर्दा ३० मिनेट हाराहारी समय लाग्छ । तर, यो मेसिनमा करिब ५ मिनेटमै एमआरआई गर्न सकिन्छ । त्यस्तै, यो अत्याधुनिक एमआरआई भएकाले बिरामीको रोग वा समस्या सजिलै र प्रस्टसँग पत्ता लगाउन सकिने रेडियोलोजी विभागका इन्चार्ज मिश्रले बताए । जर्मनीमा बनेको सिमेन्स कम्पनीको यो एमआरआई केएमसीले करिब २५ करोडको लागतमा खरिद गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक वर्षमा एक हजार ८७६ मुद्दा दर्ता
-
लोकसेवा पदपूर्ति रोक्ने निर्णय फिर्ता लिन अनेरास्ववियू (क्रान्तिकारी) को माग, आन्दोलनको चेतावनी
-
कृषिप्रधान देशमै खाद्यान्नमा परनिर्भरः एकै वर्षमा भित्रियो झण्डै ६० अर्बको अन्न
-
भारतीय जेलमा रहेका नेपाली किसानको तत्काल रिहाइक गर्न कांग्रेसको माग
-
शंकरलाल अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश
-
६७औँ अन्तर्राष्ट्रिय गणित ओलम्पियाडमा नेपाली टोलीको उत्कृष्ट नतिजा, ३ विद्यार्थीले दिलाए पदक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण