शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
माैसम

गर्मीले जन जीवन प्रभावित : तराईमा लु चलेपछि विद्यालय धमाधम बन्द

शनिबार, २० जेठ २०८०, १२ : २७
शनिबार, २० जेठ २०८०

बुटवल । पछिल्ला तीन दिन यता तराईका जिल्लामा लु चलेपछि  जनजीवन प्रभावित बनेको छ । लुम्बिनी प्रदेशका रुपन्देही , कपिलवस्तु, बाँके, बर्दिया, नवलपरासी जिल्लाको जनजीवन प्रभावित बनेको हो

प्रदेशका १२ जिल्ला मध्ये ६ वटा पहाडी र ६ वटा तराईका जिल्लाहरू पर्छन् । त्यसमा अहिले तराईका जिल्लाहरू गर्मीले मानिसको जनजीवन प्रभावित भएको हो । गर्मीका कारणले विद्यालय जान आउन कठिन भएपछि विद्यालयहरू बन्द गरिएको छ । 

धेरै स्थानीय तहहरूले गर्मी बिदा दिएका छन् । बुटवल, भैरहवा, नेपालगन्ज, तौलिहवा जस्ता सहरमा दिउँसोमा  मानिसहरू जरुरी काम बाहेक  बाहिर निस्केका छैन । भैरहवामा पछिल्ला दिन यता ४० डिग्री आसपासमा ताप क्रम रहेको मौसम  विभागले जनाएको  छ । अत्याधिक गर्मी बढेपछि लुम्बिनी प्रदेशका तराईका  स्थानीय तहले विद्यालय बन्द गरेको प्रदेश शिक्षा मन्त्रालयका प्रवक्ता मनोज कुमार गैरले रातोपाटीलाई बताए । 

कपिलवस्तुका बाणगंगा र कपिलवस्तु नगरपालिकाले विद्यालय बन्द गर्ने निर्णय गरेका हुन । जिल्लाका अन्य ८ स्थानीय तहमा  समेत गर्मी बढे पछि विद्यालय बन्द गर्ने बारे छलफल चलिरहेको  छ ।

बाँकेको जिल्लाको  नेपालगन्ज र खजुराका विद्यालय बन्द भएका छन् । नेपालगन्ज उपमहानगरपालिकाले २१ देखि २३ जेठसम्म विद्यालयको पठनपाठन रोक्ने निर्णय गरे पनि यहाँका विद्यालयले दुई सातासम्मका लागि पढाइ रोकेका छन् । 

garmi4

नेपालगन्ज उपमहानगर शिक्षा महाशाखा प्रमुख गोर्खबहादुर थापाका अनुसार सामुदायिक, मदरसा र संस्थागत विद्यालयमा बर्खे बिदाबाट कट्टी हुने बिदा दिने निर्णय भएको छ । 

खजुरा गाउँपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख खगेन्द्रबहादुर मल्लले तीन दिनका लागि विद्यालयमा बिदा दिएको छ  । अत्यधिक गर्मीले विद्यार्थीलाई आउजाउ गर्न र कक्षाकोठामा बस्न पनि समस्या भएपछि आइतबारदेखि तीन दिनका लागि बिदाको निर्णय भएकोले बताए । बुटवलका उपमहानगरपालिकाले  विद्यालय जेठ  २४ गतेसम्म  बिदा गरेका छन् ।  एक हप्तादेखि अघिदेखि  विद्यालयमा बन्द गरेका छन् । 

बुटवल उपमहानगरपालिकाका शिक्षा तथा जनस्वास्थ्य महाशाखाका प्रमुख मित्रमणि खनाल वार्षिक बिदा तय गर्न विगतमा कार्यदल बनाइएको र त्यही कार्यदलको सुझावबमोजिम वार्षिक क्यालेन्डर बनेको बताए । बुटवलमा गर्मीका कारण बिरामी  सङ्ख्या वृद्धि  भएको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका फिजिसियन डा.हरि पन्थीले बताए । उनले गर्मीले घमौरा,झाडा पखाल,तथा केहीलाई चक्कर आउने जस्ता समस्या देखिको बताए ।

garmi2garmi3 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका प्रदेश नम्बर ५ का संयोजक हुन् । 

लेखकबाट थप