नागरिकता विधेयक प्रकरण
नागरिकता विधेयक प्रमाणीकरणविरुद्धको रिट निवेदन न्यायाधीश शर्माको इजलासमा
आइतबार, २१ जेठ २०८०, ११ : १७
काठमाडौं । नागरिकता विधेयक प्रमाणीकरणविरुद्ध दायर भएको रिट निवेदन सर्वोच्च अदालतका न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासमा सुनुवाईका लागि पेसी तोकिएको छ ।
प्रतिनिधिसभाको अघिल्लो कार्यकालमै प्रमाणीकरणका लागि राष्ट्रपति समक्ष पठाइएको विधेयक तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण नगरी थन्क्याएकी थिइन् । हालै मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेपछि सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिएको हो ।
वरिष्ठ अधिवक्ताद्वय सुरेन्द्र भण्डारी र बालकृष्ण न्यौपानेले राष्ट्रपति कार्यालयसहितलाई विपक्षी बनाएर रिट निवेदन दायर गरेका हुन् । राष्ट्रपतिबाट अघिल्लो संसदबाट पारित भएको विधेयक अहिले प्रमाणीकरण गर्नु असंवैधानिक रहेको दाबी गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
-
अनुहारमा दही लगाउँदा के हुन्छ ?
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण