राष्ट्रियसभाको बैठकमा पनि प्रतिपक्षी दलको अवरोध
काठमाडौँ । निष्क्रिय भएको नागरिकता विधेयक प्रमाणीकरण, प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणको विषयमा प्रधानमन्त्रीले जवाफ दिनुपर्ने भन्दै राष्ट्रिय सभाको बैठकमा अवरोध भएको छ । प्रमुख प्रतिपक्षी दल एमालेले बैठकमा अवरोध गरेपछि राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले २९ मिनेटका लागि बैठक स्थगित गरेका छन् ।
बैठक अवरुद्ध गरेपछि बोल्न समय पाएका नेकपा एमालेका सांसद भैरव सुन्दर श्रेष्ठले जन्मसिद्धका नागरिकका सन्तानले वंशजको आधारमा नागरिकता पाउनुपर्नेमा पक्षमा रहेको तर सरकारले असंवैधानिक बाटो समातेको बताए ।
उनले गत जेठ १२ गते सरकारले राष्ट्रपति समक्ष प्रमाणिकरणका लागि पठाएको पत्र असंवैधानिक रहेको र राष्ट्रपतिको काम असंवैधानिक रहेको बताए । सांसद श्रेष्ठले त्यसबारेमा सरकारले जवाफ नदिएसम्म संसदको नियमित कामकारवाही अघि बढाउन नदिने उल्लेख गरे । यस्तै उनले प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणमा लिपुलेक, कालापानीको जग्गा भारतसँग साट्न सकिने प्रस्ताव राखेको र त्यो आपत्तिजनक रहेको भन्दै त्यसबारेमा प्रष्ट पार्न माग गरे ।
अध्यक्ष तिमिल्सिनाले सरकारलाई त्यसबारेमा जवाफ ध्यानाकर्षण गराएको बताउँदै बैठक अघि बढाउन आग्रह गरेपनि सांसदहरुले अवरोध कायमै राखेपछि २९ मिनेटका लागि बैठक स्थगिग गरे । राष्ट्रिय सभाको बैठक ६ मिनेट बसेर स्थगित भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छाैँ : शिक्षामन्त्री
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
-
पोखरा र भैरहवा विमानस्थलः छुट छ, जहाज छैनन्
-
‘पुष्पलाल इतिहासका पानामा सीमित नाम होइनन्, राजनीतिक चेतनाको दियो हुन्’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण