मेरो निर्वाचन क्षेत्रलाई प्रदेशकै नमुना क्षेत्र बनाउँछु : मन्त्री श्रेष्ठ
सिन्धुली । बागमती प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री गंगानारायण श्रेष्ठले आफ्नो निर्वाचन क्षेत्रलाई ५ वर्षभित्रमा प्रदेशकै नमुना क्षेत्र बनाउने बताएका छन् ।
मन्त्री श्रेष्ठले आइतबार सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकामा सिचाइ आयोजनाको सम्भाव्यता अध्ययन गर्न पुगेका बेला आफ्नो निर्वाचन क्षेत्र सिन्धुली २९२० लाई बागमती प्रदेशकै नमुना क्षेत्र बनाउने बताएका हुन् ।
उनले आफ्नो निर्वाचन क्षेत्र बागमती प्रदेशसभाको ६६ वटा निर्वाचन क्षेत्रमध्ये मानव विकास सूचकांकमा सबैभन्दा पुछार ६६ औं नम्बरमै रहेको भन्दै यस क्षेत्रलाई विकासको दृष्टिले पहिलो नम्बरमा ल्याउने बताए ।
मन्त्री श्रेष्ठले बागमती प्रदेश सरकारले मरिण गाउँपालिका र हरिहरपुरगढी गाउँपालिकालाई धान पकेट क्षेत्र घोषणा गर्ने बताए । त्यस्तै घ्याङ्लेख गाउँपालिकालाई तरकारी पकेट क्षेत्रको रूपमा विकास गरी कृषि क्रान्ति ल्याउने उनको भनाइ छ ।
मन्त्री श्रेष्ठ बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल र खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री तिर्थबहादुर लामालाई लिएर सिन्धुली जिल्लाको हरिहरपुरगढी गाउँपालिकाको वडा नम्बर १, २ र ३ मा पर्ने बज्रमारा सिँचाइ आयोजनाको सम्भाव्यता अध्ययन गर्न पुगेका थिए । सो सिँचाइ आयोजनाले दसौं हजार बिगाहा उर्वर भूमि सिँचाइ गर्नसक्ने बताइएको छ ।
उनले सिन्धुली, काभ्रे र मकवानपुर जिल्लाको सिमाना जोडिएको स्थल भोर्लेनी नजिकै बागमती किनारामा रहेको बज्रमारामा ड्याम बाँधेर बागमतीको पानी हरिहरपुरगढीको सुख्खाग्रस्त दसौं हजार खेतीयोग्य जमिनमा सिंचाइको लागि पुर्याउन सकिने उल्लेख गरे । यस आयोजनाको डिपिआर समेत तयार भइसकेको उल्लेख गर्दै मन्त्री श्रेष्ठले आर्थिक वर्ष २०८०/०८१ को बजेटमा प्राथमिकतामा राखेर काम सुरु गर्ने जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना
-
पूर्व सहमति नलिई सवारीसाधन खरिद गर्न नपाइने
-
यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर
-
जानकी गाउँपालिकाको सेवा नयाँ प्रशासनिक भवनबाट सुरु
-
कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजकाे राशिफल
-
सामाजिक सुरक्षा कोषमा ३० लाख बढी योगदानकर्ता आबद्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण