च्याम्पियन बार्सिलोना लिगको अन्तिम खेलमा पराजित, सेल्टा जोगियो
बार्सिलोना । युरोपका लिगहरूमा च्याम्पियन भइसकेको क्लबहरू अन्तिम खेलमा पराजय हुने क्रम रोकिएको छैन । इंग्लिस प्रिमियम लिगमा म्यानचेस्टर, ला लिगामा पिएसजी अन्तिम खेलमा पराजय भइसकेकाे बेला स्पेनिस ला लिगाको च्याम्पियन बार्सिलोना पनि लिगको अन्तिम खेलमा पराजित हुन पुगेको छ ।
आइतबार राति एवान्का वालाइडोस भिगोमा भएको खेलमा घरेलु टोली सेल्टा भिगोसँग बार्सिलोना २–१ ले पराजित हुन पुगेको हो ।खेलको ११औँ मिनेटमा फ्रान्क केस्सीले गोल गरेपनि मान्यता पाउन नसके पछि सुरुवाती अग्रता लिन बार्सिलोनाका असफल भइरहेको बेला ४२औँ मिनेटमा गाब्रिएल भेइगाले गोल गर्दै सेल्टालाई १–० को अग्रता दिलाए । त्यसपछि पहिलो हाफमा कुनै पक्षबाट पनि गोल हुन सकेन ।
उता, दोस्रो हाफको ६५औँ मिनेटमा घरेलु टोलीका गाब्रिएलले पुन अर्को गोल थपे पछि बार्सिलोना साे खेलमा २–० ले पछि पर्यो भने घरेलु टोलीको दबाबमा परेको बार्सिलोनाका ७९औँ मिनेटमा अन्सु फातीले गोल फर्काए पछि खेल २–१ को अवस्थामा त आईपुग्यो । तर, त्यसपछि दुवै पक्षबाट गोल हुन नसके पछि घरेलु टोलीबाट लिगको अन्तिम खेलमा बार्सिलोना पराजित हुन पुग्यो । जीतसँगै सेल्टा रेलिजेसनबाट जोगिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
-
चोभारमा पौडी खेल्न बागमतीमा हामफालेका युवक बेपत्ता
-
कांग्रेसको इतर समूहले राष्ट्रिय भेला कसरी गर्छ ? यस्तो छ तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण