बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

च्याम्पियन बार्सिलोना लिगको अन्तिम खेलमा पराजित, सेल्टा जोगियो

सोमबार, २२ जेठ २०८०, ०७ : ३९
सोमबार, २२ जेठ २०८०

बार्सिलोना । युरोपका लिगहरूमा च्याम्पियन भइसकेको क्लबहरू अन्तिम खेलमा पराजय हुने क्रम रोकिएको छैन । इंग्लिस प्रिमियम लिगमा म्यानचेस्टर, ला लिगामा पिएसजी अन्तिम खेलमा पराजय भइसकेकाे बेला स्पेनिस ला लिगाको च्याम्पियन बार्सिलोना पनि लिगको अन्तिम खेलमा पराजित हुन पुगेको छ ।

आइतबार राति एवान्का वालाइडोस भिगोमा भएको खेलमा घरेलु टोली सेल्टा भिगोसँग बार्सिलोना २–१ ले पराजित हुन पुगेको हो ।खेलको ११औँ मिनेटमा फ्रान्क केस्सीले गोल गरेपनि मान्यता पाउन नसके पछि सुरुवाती अग्रता लिन बार्सिलोनाका असफल भइरहेको बेला ४२औँ मिनेटमा गाब्रिएल भेइगाले गोल गर्दै सेल्टालाई १–० को अग्रता दिलाए । त्यसपछि पहिलो हाफमा कुनै पक्षबाट पनि गोल हुन सकेन ।

उता, दोस्रो हाफको ६५औँ मिनेटमा घरेलु टोलीका गाब्रिएलले पुन अर्को गोल थपे पछि बार्सिलोना साे खेलमा २–० ले पछि पर्यो भने घरेलु टोलीको दबाबमा परेको बार्सिलोनाका ७९औँ मिनेटमा अन्सु फातीले गोल फर्काए पछि खेल २–१ को अवस्थामा त आईपुग्यो । तर, त्यसपछि दुवै पक्षबाट गोल हुन नसके पछि घरेलु टोलीबाट लिगको अन्तिम खेलमा बार्सिलोना पराजित हुन पुग्यो ।  जीतसँगै सेल्टा रेलिजेसनबाट जोगिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप