नागरिकता प्रकरणमा संसदको विशेष अधिकार हनन् गर्ने प्रधानमन्त्रीमाथि कारबाही गर्नुपर्छ : योगेश भट्टराई
काठमाडौँ । नेकपा एमालेका सांसद योगेश भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपतिलाई नागरिकता विधेयक प्रमाणीकरण गर्न सिफारिस गरेर गैर संवैधानिक काम गरेको आरोप लगाएका छन् । सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले नागरिकता जस्तो विषयमा धेरै खेलवाड नगर्न आग्रह गरे । प्रधानमन्त्रीसँग नभएको अधिकार प्रयोग गरेर राष्ट्रपतिलाई विधेयक प्रमाणीकरण गर्ने अधिकार कसले दियो भन्दै प्रश्न गरे । उनले हिजो बिहे गरेर आएकी विदेशी महिलालाई १५ वर्ष नभई नागरिकता दिनुहुँदैन भन्ने माओवादीले एमालेले ७ वर्ष हुनुपर्छ भन्दा त्यसलाई लत्याउने काम भएको बताए ।
उनले राष्ट्रपतिले प्रमाणीकरण गरेको नागरिकता विधेयक सर्वोच्चले रोकेकोमा धन्यवाद ब्यक्त गरे । सांसद भट्टराईले गैरआवासीय ब्यक्तिलाई दिने नागरिकताको विषयमा आपत्ति नभएपनि महिलालाई नागरिकता दिने विषयमा रहेको प्रावधान आपत्तिजनक रहेको दावी गरे ।
भट्टराईले भने– ‘नागरिकता जस्तो संवेदनशील विषयमा धेरै खेलवाड नहोस । सम्मानीय प्रधानमन्त्री यहाँ हुनुहुन्छ, उहाँलाई म भन्न चाहन्छु, प्रधानमन्त्रीज्यूले आफूसँग नभएको अधिकार विधेयक प्रमाणिकरण गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने अधिकार उहाँलाई कसले दियो ? त्यो अधिकार प्रयोग गर्न राष्ट्रपतिलाई गैरसंवैधानिक काम गर्न उक्साउने,
संविधान मिच्न दुरुत्साहन गर्ने, यो संसदको नियमावलीमा छ सभामुख महोदय, संसदको विशेष अधिकार हनन् भयो भने विशेष अधिकार हनन् समिति बनाएर संसदको विशेष अधिकार हनन् गर्नेमाथि पनि कारबाही हुन सक्छ । यो हामीले बनाएको नियमावली हो सभामुख महोदय । यसकारण यसमा प्रधानमन्त्रीजीको पनि गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु ।’ उनले संविधानमा भएको व्यवस्थाविपरित सरकारले दिउसै ढाँट्ने काम गरेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितको ‘सिंहदरबार मार्च’, सकिएनन् चक्रपथका जेब्रा क्रसिङ र आकाशे पुल निर्माण
-
होल्डिङ सेन्टरमा प्रहरी हस्तक्षेपप्रति ‘जेनजी मुभमेन्ट एलाइन्स’ को घोर आपत्ति, दोषीमाथि कारबाही गर्न माग
-
नवजात छोरीका नाममा १० हजारको मुद्दति खाता
-
कपिलवस्तुका १० पालिकाका २६६ स्थानमा सिसिटिभी जडान
-
व्यासलाई सांस्कृतिक राजधानी बनाइने
-
जेनजी अभियन्ता पक्राउ परेकोमा नारायणकाजीको आपत्ति, तत्काल रिहाइको माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण