एमालेको प्रश्न : प्रधानमन्त्रीको भारत भ्रमण ‘स्टेट भिजिट कि अफिसियल’ ?
काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हालै गरेको चार दिने भारत भ्रमण स्टेट भिजिट कि अफिसियल भिजिट के हो ? भनेर प्रश्न गरेको छ । सोमबारको प्रतिनिधसभा बैठकमा एमाले सचिज समेत रहेका सांसद योगेश भट्टराईले भने, ‘प्रधानमन्त्रीको ट्वीटर एकाउन्टमा उल्लेख गर्नुभएको छ कि स्टेट भिजिट । भारतीय दूतावास र नेपालको परराष्ट्र मन्त्रलायले दिएको स्टेटमेन्टमा अफिसियल भिजिट भनिएको छ ।’
भट्टराईले प्रश्न गर्दै सोधे, ‘स्टेट भिजिट कि अफिसियल भिजिट के हो ? ’ उनले प्रधानमन्त्रीको ट्वीटर एकाउन्ट कसले चलाउँछ ? भन्दै उनले प्रधानमन्त्रीको सचिवालयललाई यो थाहा छ कि छैन भन्दै किन फरक–फरक विषय आएको प्रधानमन्त्रीको ट्वीटर गलत हो कि अरु वक्तव्य ? भन्दै जवाफ माग गरे ।
नेता भट्टराईले यसअघिका प्रधानमन्त्रीहरु मनमोहन अधिकारी, गिरीजाप्रसाद कोइराला र केपी ओलीहरुले सीमा समस्याबारे लिएको अडानजस्तै प्रधानमन्त्री प्रचण्डले पनि लिने अपेक्षा गरिए पनि त्यसो हुन नसकेको टिप्पणी गरे । उनले सीमा समस्या नै मुख्य भएपनि त्यही विषय उठाउँदा माहोल बिग्रन्छ भनेर भनिएको भन्दै त्यसबारे आपत्ति जनाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कतारका पूर्व अमिर शेख हमदको दोहामा अन्त्येष्टि बुधबारसम्म आधिकारिक शोक घोषणा
-
मोदीखोलाको कटानले पर्यटकीय स्थल घान्द्रुक जाने सडक बन्द
-
सुर्खेतका तीन किसानलाई ‘मुख्यमन्त्री उत्कृष्ट पुरस्कार’
-
श्रम तथ्याङ्क अद्यावधिक गर्न चौथो नेपाल श्रमशक्ति सर्वेक्षण सञ्चालन
-
१२ बजे १२ समाचार: हरियो रङमै चल्ने भयो ‘ब्लु बस’, महाशक्तिबिच नै हुने भयो सेमिफाइनल भिडन्त
-
मोदी खोलाको बाढीले घर र रेस्टुरेन्ट बगायो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण