मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

विश्वको सबैभन्दा गोलो पोखरी

सोमबार, २२ जेठ २०८०, १७ : ११
सोमबार, २२ जेठ २०८०

पोखरी विभिन्न आकार र प्रकारका हुन्छन् । तर गोलो पोखरी तपाईंले सायदै देख्नुभएको होला । फ्लोरिडाको सिल्भर डलर लेक भनिने किङ्ग्सले लेक यति गोलो छ कि झट्ट हेर्दा यसलाई विश्वास नै गर्न सकिँदैन । 

Kingsley-Lake-round2किङ्ग्सले लेक फ्लोरिडाको क्ले काउन्टीको निकै चर्चित समर डेस्टिनेसन हो । तर यहाँका निकै कम मानिसलाई यो पोखरी किन यति चर्चित भयो भनेर थाहा छ । यसको एउटा कारण यो हो कि यसको गोलो आकृति तपाईंले माथिबाट मात्रै देख्न सक्नुहुन्छ त्यसैले यसको सिल्भर लेक उपनाम पाइलटले दिएका हुन् । यहाँ याद गर्नुपर्ने कुरा के छ भने यो पोखरी मानव निर्मित होइन । यो प्राकृतिक रूपमा बनेको पोखरी हो ।

Kingsley-Lake-round3यो पोखरी ९० फिट गहिरो छ जसका कारण यो फ्लोरिडाको सबैभन्दा गहिरो ताल हो । ओन्ली इन योर स्टेटका अनुसार यो प्राकृतिक ताललाई फ्लोरिडाको सबैभन्दा र अग्लो तालसमेत भनिन्छ ।

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप