मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

ऋण लिएर साधारण खर्च गर्ने सरकारको प्रचलन रोकिनुपर्छ: अध्यक्ष मल्ल

मङ्गलबार, २३ जेठ २०८०, १४ : ०९
मङ्गलबार, २३ जेठ २०८०

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले ऋण लिएर साधारण खर्च गर्ने सरकारको प्रचलन रोकिनुपर्ने बताएका छन् । 

राजधानीमा आयोजित एक अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष मल्लले मुलुकको आन्तरिक आम्दानीले पुग्नेसम्मको मात्रै साधारण खर्च गर्न आवश्यक रहेको बताए । 

मल्लले सरकारले सामाजिक सुरक्षा भत्ता लगायतको विषयमा अब सोच्नुपर्ने अवस्था रहेको बताए ।  अध्यक्ष मल्लले आगामी आर्थिक वर्ष ६ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य पुग्न मुस्किल रहेको बताए । 

उनले चालु आर्थिक वर्षमा ८ प्रतिशतको आर्थिक वृद्धि लक्ष्य राखे २.१६ प्रतिशत कायम रहेको भन्दै ६ प्रतिशत राख्दा त्यो भन्दा कम भए मुलुक आर्थिक सङ्कटमा जाने बताए । उनले अर्थतन्त्रका समस्या र चुनौती समाधान गर्ने भन्दा पनि वितरणमुखी बजेट आएको बताए । 

 सरकारले १ खर्ब ५३ अर्ब रुपैयाँ सामाजिक सुरक्षा भत्तामा जाने भन्दै अबको १० वर्षमा १० गुणा वृद्धि भए पु¥याउन नसक्ने बताए । 

उनले सरकारको नेतृत्व गरे पनि जनताले तिरेको कर उद्योगी व्यवसायीलाई समेत सम्मान हुनेगरी प्रयोग गर्नुपर्ने बताए । सरकारले करको दर भन्दा पनि दायरा बढाउन आवश्यक रहेको उनको भनाइ थियो । 

नेपाल उद्योग परिसंघका वरिष्ठ उपाध्यक्ष राजेश अग्रवालले सरकारको आर्थिक नीतिको कारण आगामी आर्थिक वर्षमा लगानी सङ्कुचन हुने बताए ।  आन्तरिक उत्पादनलाई प्रोत्साहन गर्न तयारी वस्तु र कच्चा पदार्थ भन्सार दरमा कम्तीमा दुई तहको फरक हुनुपर्ने भए पनि हुन नसकेको उनले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप