दुग्ध विकास बोर्ड खारेज गरे आन्दोलन
काठमाडौँ । विभिन्न दुग्ध संस्थाहरूले दुग्ध विकास बोर्डलाई खारेजी नगराई पुनर्स्थापित गर्न माग गरेको छ । मंगलबार पत्रकार सम्मेलनको आयोजना गर्दै उनीहरूले यसो नगरे आन्दोलनको चेतावनी पनि सीमित दिएका हुन् ।
नेपाल सरकारलाई सरोकारवाला निकायहरूले राष्ट्रिय दुग्ध विकास बोर्डको आवश्यकताका लागि दिइएको सुझावलाई समेत बेवास्ता गर्दै बजेट तथा नीति कार्यक्रममा बोर्ड खारेजीको प्रस्ताव प्रति आपत्ति जनाइएको छ । ‘नेपाल सरकारलाई सो प्रस्ताव कार्यान्वयन नगर्न यस संघ अनुरोध गर्दछ । नेपाल सरकारले यस क्षेत्रको अध्ययन गरी कमी कमजोरी हटाएर बोर्डको पुन संरचना गरी व्यवस्थित तवरमा सञ्चालन गर्नुपर्नेमा बोर्ड खारेजीको प्रस्ताव गरी दुग्ध क्षेत्रलाई नै धराशायी बनाउन गरिएको निर्णय प्रति यस संघ गम्भीर घोर आपत्ति जनाउँदछ,’ विज्ञप्तिमा भनिएको छ ।
बोर्ड भित्र सरकार, सहकारी, कृषक, उद्योग र उपभोक्ता समेतको बोर्डमा समेत सहभागी भई कृषकहरूको उन्नति र उत्पादन वृद्धि लगायत दुग्ध क्षेत्रको विकास वृद्धिमा छलफल गर्ने निकाय अन्तर्राष्ट्रिय स्तरमा समेत बोर्डले प्रभावकारी काम गरिरहेको अवस्थामा नेपालमा भने दुग्ध विकास बोर्ड विघटनले यस देशमा रहेका दुग्ध क्षेत्रका कृषक सहकारी, उद्योगी संघ संस्थाबीच मर्माहत भएको समेत जानकारी गराउँदै राष्ट्रिय दुग्ध विकास बोर्ड कृषक दुग्ध उद्योगी सहकारीको लागि अपरिहार्य भएको उनीहरूको भनाई छ । दुग्ध सहकारी संघ, नेपाल डेरी एसोसिएसन, डेरी उद्योग संघ, केन्द्रीय पशुपन्छी म.स. संघ, नेपाल डेरी साइन्स एसोसिएसन, नेपाल एनिमल साइन्स एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनले संयुक्त रूपमा विज्ञप्ति जारी गरेका हुन् ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साफ महिला च्याम्पियनसिपको उपाधि भारतलाई, ह्याट्रिक दाउमा रहको बंगलादेश स्तब्ध
-
रास्वपा रौतहटको नेतृत्व चयनका लागि जेठ २५ गते निर्वाचन, भोलि उम्मेदवारी दर्ता
-
फेवातालमा हुरीबतासः बोटिङ गरिरहेका १२ जनाको उद्धार
-
खनाल र जयशंकारबिच भेटवार्ताः कनेक्टिभिटी, ऊर्जा र आर्थिक रूपान्तरणमा प्रतिबद्धता
-
ट्युनिसियाको पोस्टमा बेल्जियमको गोल वर्षा
-
परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री एस जयशंकरबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण