जीवन सरल बनाए मानसिक तनाव कम हुन्छ : महावीर पुन
महावीर पुन संसारभरका नेपालीहरुले सुनेको नाम हो । वैज्ञानिक तथा सामाजिक अभियान्ता पुन राष्ट्रिय अविष्कार केन्द्रका प्रमुख हुन् । पुरानो चप्पल, हाफ कट्टु र प्राय मैलो गञ्जीमा देखिने पुनको साधारण जीवनशैली देखेर धेरै मानिस प्रभावित हुने गर्दछन् । सानैदेखि अभावमा हुर्किएका पुन मिठो खान, राम्रो लगाउन र सुविधायुक्त घरमा बस्न नपाएको बताउँछन् ।
पछिल्लो समय वीरगञ्ज कृषि औजार कारखाना सञ्चालनको जिम्मेवारी अविष्कार केन्द्रले लिएपछि बारा र पर्सामा उनको आउजाउ बाक्लो हुने गरेको छ । हाफ कट्टु र चप्पलमा कृषि औजार कारखानामा भेटिएका पुनले दैनिक जीवनलाई सरल बनाउन सके तनावमुक्क्त हुन सकिने बताए ।
‘जीवन जति सरल बनायो त्यति मानसिक तनाव कम हुन्छ, त्यसकारण मैले आफ्नो मानसिक तनाव कम गर्नको लागि धेरै थोरै कुराहरु काम चलाउने मेरो पहिल्यै देखिको बानी हो,’ पुनले भने, ‘सानैदेखि राम्रो लगाउन, मिठो खान पाइएन, राम्रो ठाँउमा बस्न पनि पाइएन जे जे पाइयो खाने, जे पाइयो लगाउने, जहाँ पाइयो बस्ने गरेँ । मेरो जीवन नै त्यसरी नै बित्यो,’ पुनले भने, ‘म कसैलाई देखाउनका लागि सरल जीवन बिताउन खोजेको होइन मैले जस्तै जीवन अरुले पनि बिताउन पर्छ भनेर म भन्दा पनि भन्दिनँ ।’

विभिन्न सामाजिक तथा आर्थिक समस्याका कारण समुदायमा आत्मदाह,आत्महत्याका घटनाहरु बढ्दै गएको विषयमा वैज्ञानिक पुन समस्यासँग जुध्नका लागि साहस गर्नुपर्ने बताउछन् । ‘जो तनावमा हुन्छन्, दुख पाएका हुन्छन् उनीहरुलाई म जहाँ जे जस्तो रुपमा भएपनि समस्या सँग जुध्नका लागि एकदमै साहस गर्नुपर्दछ, भन्छु, साहस गरेन भने केही पनि हुदैन,’ पुनले भने ।
कहिलेकाही अलिकति मुर्खतापूर्ण काम गरेर पनि अगाडि बढ्न सकिने भन्दै केही गर्न मन लागे साहस गर्नुपर्ने उनको भनाइ छ । ‘विपन्न हुनुहुन्छ र केही गर्न मन लाग्यो भने साहस गर्नुस्, अलिकति मुर्ख पनि बन्नुहोस्, जर्बरजस्ती गनुपर्ने स्थिति आउछ भने त्यो पनि गर्नुहोस्,’ रातोपाटीसँगको कुराकानीमा पुनले भने ।

आफ्नो क्षमता बुझेर अगाडि बढ्न सबैलाई उनको आग्रह छ । ‘आफ्नो क्षमता आफैले बुझेर आफूबाट आफैले प्रेरणा लिएर काम गर्ने हो । अर्कालाई हेरेर प्रेरणा लिएर काम गर्न थाल्यो भने सफल हुन गाह्रो छ,’ उनले भने, ‘मलाई प्रेरणाको श्रोत नठान्नुस् । आफैलाई हेरेर प्रेरणा लिनुस् किनभने अर्कालाई हेरेर अर्काले जे गर्छ त्यस्तै गर्दा कामको डुब्लिकेट हुन्छ।’
पुनले ३० वर्षदेखि बन्द रहेको र सञ्चालनका लागि असम्भव प्रायः जस्तै देखिएको वीरगञ्ज कृषि औजार कारखाना सञ्चालनमा ठूलो साहस र आफू मुर्ख भएका कारण मात्रै आँट गर्न सकेको बताए ।

वर्षौदेखि धुलो, माटो, खियाले खाएका एक दशक पुनारा मेसिनहरु आफ्नै लगानीमा सरसफाई, मर्मतसम्भार गरेर सञ्चालनमा ल्याउनु त्यति सहज काम थिएन तर, उनले त्यो असम्भव देखिएको कामलाई सफल बनाएका छन् । ‘मुर्ख भएका कारण मात्रै यस्तो काम आँट गर्न सकेको हौ, हाम्रो ठाँउमा अरु कुनै व्यापारी, ठेकदार भएको भए १, डेढ अर्व बजेट नभई काम नै शुरु गर्दैनथ्यो,’ पुनले भने ।
अहिले वीरगञ्ज कृषि औजार कारखानामा साना औजारहरु उत्पादनको काम समेत शुरु भइसकेको छ । पुनको नेतृत्वको १४ जना प्राविधिक र अन्य सहयोगी सहित निरन्तर ५ महिनादेखि भएको काममा हालसम्म ५० लाख मात्रै खर्च भएको छ । राष्ट्रिय अविष्कार केन्द्रका प्रमुख पुनले वीरगञ्ज कृषि औजार कारखाना सञ्चालन आफ्नो जीवनको महत्वपुर्ण उपलब्धी ठान्दछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लिवियामा नेपाली शान्ति सैनिकको अदलीबदली, ४२ जनाको टोली प्रस्थान
-
इजरायलद्वारा वेस्ट ब्याङ्क क्षेत्रबाट १६ जना प्यालेस्टिनी पक्राउ
-
‘झुट बोल्ने प्रधानमन्त्री चाहिँदैन’ भन्दै माइतीघरमा विरोध प्रदर्शन
-
अर्जेन्टिनामा लैङ्गिक हिंसाविरुद्ध विशाल प्रदर्शन, किशोरीको बलात्कार र हत्यापछि देशभर उर्लियो जनआक्रोश
-
महोत्तरीका १६ कामदार भारतमा बन्धक
-
खिम्ती जलविद्युत् केन्द्रको स्वामित्व हस्तान्तरणका लागि प्राधिकरणद्वारा वार्ता समिति पुनर्गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण