प्रदेशसभा स्थगित गरिएकोप्रति कांग्रेसको आपत्ति
विराटनगर । नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलको बैठकले प्रदेशसभाको बैठक अनिश्चितकालका लागि स्थगित गरिएकोप्रति असन्तुष्टि व्यक्त गरेको छ ।
कांग्रेसले प्रदेशसभालाई अन्योल बनाइनु नहुने भन्दै अल्पमतको सरकारले प्रदेशसभालाई बन्धक बनाउन खोजेको आरोप लगाएको हो । कांग्रेस संसदीय दलको बुधबार बिहान संसद् सचिवालयमा बैठक बसेको थियो । उक्त बैठकले गरेको निर्णय सार्वजनिक गर्दै संसदीय दलका प्रमुख सचेतक भूपेन्द्र राईले अल्पमतमा परेको सरकारले तत्काल राजीनामा दिनुपर्नेमा जोड दिएका छन् ।
प्रदेशको नीति तथा कार्यक्रम र बजेट अध्यादेश मार्फत ल्याउनका लागि प्रदेशसभा अनिश्चितकालसम्म स्थगित गरिनु गलत भएको भन्दै कांग्रेस सचेतक राईले विज्ञप्तिमार्फत भर्त्सना गरेका छन् ।
‘नागरिकको आवाज उठाउने ठाउँ संसद् हो’, विज्ञप्तिमा भनिएको छ, ‘सांसदले सरकारलाई नागरिक प्रति उत्तरदायी हुन बाध्य गराउँदछ, लोकतान्त्रिक मूल्यमान्यतालाई आत्मसाथ गर्दै अल्पमतमा रहेको सरकारले नैतिक रूपमा राजीनामा दिएर लोकतान्त्रिक मान्यता अनुरूप आगामी सरकार निर्माणको लागि मार्गप्रशस्त गर्न आग्रह गर्दछौं ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा बागमती अधिवेशन आजबाट, सभापति लामिछाने सहभागी नहुने
-
तीन सांसदको गठबन्धनलाई तोड्दै पर्सामा रास्वपा संस्थापन पक्षका सांसद पन्तको प्यानल विजयी
-
रास्वपा नवलपुरको सभापतिमा भण्डारी
-
बागमती प्रदेशमा ७०१ दरबन्दी कटौती गर्ने तयारी
-
‘आइपीएम’ पद्धतितर्फ आकर्षित गर्न किसानलाई सोह्र हप्ते तालिम
-
‘बजेटको दिशा सही छ, तर गन्तव्यमा पुग्ने आधार अझै प्रस्ट छैन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण