एनआरएनएका सचिव प्रविन गुरुङ सभामुख घिमिरेद्वारा सम्मानित
बिहीबार, २५ जेठ २०८०, १६ : १०

काठमाडौँ । एनआरएनएका सचिव प्रविन गुरुङ सभामुख देवराज घिमिरेद्वारा सम्मानित भएका छन् । फोकस नेपाल संस्थाद्वारा नेपाल पर्यटन बोर्डमा आयोजना गरिएको कार्यक्रमका बीच घिमिरेले गुरुङलाई राष्ट्रिय विशेष सेवा सम्मानबाट सम्मानित गरेका हुन् ।
गुरुङलाई गैरआवासीय नेपालीको हक हितमा उत्कृस्ट कार्य गरेर देश विकासको लागि योगदान गरेको भन्दै उक्त सम्मानबाट सम्मानित गरिएको थियो ।
कतारस्थित एसियाना दोहोरी तथा गजल रेस्टुरेन्टका सञ्चालकसमेत रहेका गुरुङले नेपालको कला र संस्कृतिको जर्गेना भूमिका खेलेको उल्लेख गरिएको छ ।
संस्थाको अध्यक्ष रामचन्द्र पोखरेलको सभापतित्व तथा सांसद शेरबहादुर कुँवर, जनसवाल राष्ट्रिय दैनिकका अध्यक्ष तथा सम्पादक रामजी बगाले लगायतको आतिथ्यमा सम्पन्न कार्यक्रममा विभिन्न क्षेत्रमा कार्यरत समाजसेवी तथा व्यवसायीहरूलाई पनि सम्मान गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बौद्धमा टिप्परको ठक्करबाट एक जनाको मृत्यु
-
बाम्का बजार आगलागी : राहत वितरण गर्न बुढीगङ्गानगर प्रमुख बानियाँको संयोजकत्वमा समिति गठन
-
एमआरपी कार्यान्वयनमा कडाइ, सुरुमा विरोध भए पनि लागू गर्दै छन् व्यापारी
-
वीरगञ्जस्थित बाल उद्यान अब शङ्खधर साख्वः उद्यान
-
किसानका आयआर्जनमा सघाउन ‘बाख्रा उपहार’
-
तीन वायुको प्रभाव कायमै, आज यी प्रदेशमा हुनेछ चट्याङसहित वर्षा