एनआरएनएका सचिव प्रविन गुरुङ सभामुख घिमिरेद्वारा सम्मानित
बिहीबार, २५ जेठ २०८०, १६ : १०
काठमाडौँ । एनआरएनएका सचिव प्रविन गुरुङ सभामुख देवराज घिमिरेद्वारा सम्मानित भएका छन् । फोकस नेपाल संस्थाद्वारा नेपाल पर्यटन बोर्डमा आयोजना गरिएको कार्यक्रमका बीच घिमिरेले गुरुङलाई राष्ट्रिय विशेष सेवा सम्मानबाट सम्मानित गरेका हुन् ।
गुरुङलाई गैरआवासीय नेपालीको हक हितमा उत्कृस्ट कार्य गरेर देश विकासको लागि योगदान गरेको भन्दै उक्त सम्मानबाट सम्मानित गरिएको थियो ।
कतारस्थित एसियाना दोहोरी तथा गजल रेस्टुरेन्टका सञ्चालकसमेत रहेका गुरुङले नेपालको कला र संस्कृतिको जर्गेना भूमिका खेलेको उल्लेख गरिएको छ ।
संस्थाको अध्यक्ष रामचन्द्र पोखरेलको सभापतित्व तथा सांसद शेरबहादुर कुँवर, जनसवाल राष्ट्रिय दैनिकका अध्यक्ष तथा सम्पादक रामजी बगाले लगायतको आतिथ्यमा सम्पन्न कार्यक्रममा विभिन्न क्षेत्रमा कार्यरत समाजसेवी तथा व्यवसायीहरूलाई पनि सम्मान गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्राधिकरणद्वारा मोरङ र सुनसरीका विद्युत् वितरण प्रणालीको अनुगमन
-
कर्णालीमा बल्ल बस्यो एमाले संसदीय दलको बैठक, के गर्लान् मुख्यमन्त्री ?
-
काँकडभिट्टा–लौकही सडक विस्तार तीव्र : पूर्वी खण्डमा कालोपत्रे गर्ने कार्य धमाधम
-
बागमती सफाइ महाअभियान ६८९औँ हप्तामा प्रवेश
-
नेपाली कला र संस्कृति झल्काउन क्यानडामा ‘नेपाल फेस्टिभल’
-
हुथी विद्रोहीद्वारा साउदी अरेबियामा आक्रमण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण