एन्जल्स हार्टको विजयी सुरुआत
काठमाडौँ । लालीगुराँस नेसनल एकेडेमी (एलएनए) र एन्जल्स हार्टले प्रथम तार्केश्वर नगर प्याब्सन अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा बिहीबार विजयी सुरुआत गरेका छन् । तार्केश्वर नगर प्याब्सनद्वारा आयोजित प्रतियोगितामा एलएनएले सेक्रेट हार्टलाई १९–१२ अंकले पराजित ग¥यो । एलएनएको जितमा साहित पुनले १२ अंकको योगदान गरे ।
आदित पुनको आठ अंकको सहयोगमा एन्जल्स हार्टले लालीगुराँस विद्याकुञ्जलाई २७–२० ले हरायो । मनमैजुस्थित एलएनएको कोर्टमा भइरहेको प्रतियोगिताको जुनियर ब्वाइजमै स्प्रिङ भ्यालीले ल्यान्डमार्क एकेडेमीलाई १५–१२, सिर्जना ज्ञान सागरले रोजमेरीलाई २२–१२ र सिद्धार्थ मोडलले काठमाडौँ शिक्षालयलाई २०–१५ अंकले पाखा लगाए । स्प्रिङ भ्यालीका अन्च ठकुरीले पाँच, सिर्जना ज्ञान सागरका प्रिन्स मगरले १० र सिद्धार्थ मोडलका सनमुनले ६ स्कोर गरे ।
सिनियर गल्र्सको अन्य खेलमा न्यु एराले एन्जल्स हार्टलाई २४–१८, स्प्रिङ भ्यालीले काठमाडौँ लिङकनलाई २५–१९, एलएनएले सिर्जना ज्ञान सागरलाई २८–१८ र नर्थ प्वाइन्टले रोजमेरीलाई १९–१२ अंकले पन्छाए । न्यु एराकी नर्गिमा तामाङले १४, स्प्रिङ भ्यालीकी काभ्या अधिकारीले आठ, एलएनएकी सिमरन महर्जनले २० र नर्थ प्वाइन्टकी हेमा भण्डारीले ६ अंक जोडे ।
प्रतियोगिताको त्रिभूवन विश्वविद्यालयअन्तर्गत शारीरिक शिक्षा विभागका विभागीय प्रमुख शैलेन्द्र चिलवालले एक कार्यक्रमबीच उद्घाटन गरे । साताव्यापी प्रतियोगिताको जुनियर ब्वाइजमा १६ र सियिनर गल्र्समा १२ गरी २८ टोली सहभागी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनचाँदीको मूल्य वृद्धि, कतिमा हुँदैछ कारोबार ?
-
पाकिस्तानमा अनिश्चितकालीन हड्तालमा उत्रिए पेट्रोल पम्प सञ्चालक
-
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
-
प्रधानमन्त्री शाहले हस्तकला महासङ्घका प्रतिनिधिसँग छलफल गर्दै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण