शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

एन्जल्स हार्टको विजयी सुरुआत

बिहीबार, २५ जेठ २०८०, १७ : ५२
बिहीबार, २५ जेठ २०८०

काठमाडौँ । लालीगुराँस नेसनल एकेडेमी (एलएनए) र एन्जल्स हार्टले प्रथम तार्केश्वर नगर प्याब्सन अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा बिहीबार विजयी सुरुआत गरेका छन् । तार्केश्वर नगर प्याब्सनद्वारा आयोजित प्रतियोगितामा एलएनएले सेक्रेट हार्टलाई १९–१२ अंकले पराजित ग¥यो । एलएनएको जितमा साहित पुनले १२ अंकको योगदान गरे । 

आदित पुनको आठ अंकको सहयोगमा एन्जल्स हार्टले लालीगुराँस विद्याकुञ्जलाई २७–२० ले हरायो । मनमैजुस्थित एलएनएको कोर्टमा भइरहेको प्रतियोगिताको जुनियर ब्वाइजमै स्प्रिङ भ्यालीले ल्यान्डमार्क एकेडेमीलाई १५–१२, सिर्जना ज्ञान सागरले रोजमेरीलाई २२–१२ र सिद्धार्थ मोडलले काठमाडौँ शिक्षालयलाई २०–१५ अंकले पाखा लगाए । स्प्रिङ भ्यालीका अन्च ठकुरीले पाँच, सिर्जना ज्ञान सागरका प्रिन्स मगरले १० र सिद्धार्थ मोडलका सनमुनले ६ स्कोर गरे ।

सिनियर गल्र्सको अन्य खेलमा न्यु एराले एन्जल्स हार्टलाई २४–१८, स्प्रिङ भ्यालीले काठमाडौँ लिङकनलाई २५–१९, एलएनएले सिर्जना ज्ञान सागरलाई २८–१८ र नर्थ प्वाइन्टले रोजमेरीलाई १९–१२ अंकले पन्छाए । न्यु एराकी नर्गिमा तामाङले १४, स्प्रिङ भ्यालीकी काभ्या अधिकारीले आठ, एलएनएकी सिमरन महर्जनले २० र नर्थ प्वाइन्टकी हेमा भण्डारीले ६ अंक जोडे । 

प्रतियोगिताको त्रिभूवन विश्वविद्यालयअन्तर्गत शारीरिक शिक्षा विभागका विभागीय प्रमुख शैलेन्द्र चिलवालले एक कार्यक्रमबीच उद्घाटन गरे । साताव्यापी प्रतियोगिताको जुनियर ब्वाइजमा १६ र सियिनर गल्र्समा १२ गरी २८ टोली सहभागी छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप