शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ले फिल्मलाई गाउँसम्म जोड्छ –कृष्ण मल्ल

बिहीबार, २५ जेठ २०८०, १८ : ५३
बिहीबार, २५ जेठ २०८०

काठमाडौँ । वरिष्ठ अभिनेता तथा नेपाल फिल्म सोसाइटीका अध्यक्ष कृष्ण मल्लले फिल्म फेष्टिभलले ग्रामीण भेगलाई फिल्मसँग जोड्न सफल हुने बताए । उनले ग्रामीण भेगलाई फोकस गरेर आयोजना हुँदै आएको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’को प्रशंसा समेत गरेका थिए ।

‘म यस्तै प्रकारको महोत्सव आयोजनाको तयारीमा थिए । यो सुरु भएको देख्दा निकै खुसी लाग्यो’, मल्ले भने, ‘महोत्सवका लागि मेरो पूर्ण साथ सहयोग रहने छ ।’ उनले महोत्सवको माध्यमबाट नेपाली फिल्म गाउँगाउँमा पुर्‍याउनुपर्ने धारणा राखे ।

पुराना निर्देशक नरेश पौडेलले ग्रामीण चलचित्र महोत्सवमा पहाडी भेगमा निर्माण भएको चलचित्र मात्र सहभागी भएको दुःख व्यक्त गरे । उनले यस्ता महोत्सवमा तराई, हिमाल सबै क्षेत्रका चलचित्र समेट्न सुझाव दिए ।

चलचित्र निर्देशक समाजका अध्यक्ष जनकदीप पराजुलीले महोत्सवले विशेष गरेर ग्रामीण भेगका समुदायलाई चलचित्रसँग जोड्ने बताए ।

चलचित्र निर्माता संघका अध्यक्ष नवल खड्का, कलाकार संघका अध्यक्ष मोहन निरौला, निर्देशक रक्षा सिंह राणा, चलचित्र संघका उपाध्यक्ष गोपालकाजी कायस्थ, चलचित्र पत्रकार संघका उपाध्यक्ष कुबेर गिरी, निर्देशक रक्षा सिंह राणा लगायतले ग्रामीण चलचित्र महोत्सवको महत्वर र सार्दभिकताबारे बोलेका थिए । उनीहरुले गाउँ नै केन्द्रित यस्ता महोत्सवले गाउँगाउँमा चलचित्र पुग्ने र नेपाली चलचित्र क्षेत्रको विकास हुने धारणा राखे ।

कार्यक्रममा निर्देशक लक्ष्मण सुवेदी, ज्ञानेन्द्र देउजा, ओएसआरका ओम अग्रवाल लगायत थुप्रै कलाकर्मीको सहभागिता रहेको थियो ।

‘आफ्नै गाउँ, आफ्नै भाषा, आफ्नै चलचित्र’ नाराका साथ हुन लागेको महोत्सवमा दुई दर्जन बढी फिल्महरू सहभागी छन् । महोत्सवमा शनिबार लेखक एवं निर्देशक दीपेन्द्र लामा, अभिनेत्री दीया पुन र अस्कर कलेजका प्रिन्सिपल तथा निर्देशक रामराजा दाहालको ‘मास्टर क्लास’ र अभिनेताद्धय बुद्धि तामाङ र मुकुन भुसालले विद्यार्थीसँग भलाकुसारी गर्ने छन् ।

महोत्सवमा ‘झिंगेदाउ’, ‘प्रकाश’, ‘डेसान’सँगै तामाङ र गुरुङ फिल्महरू प्रदर्शन गरिनेछ । साउनमा प्रदर्शनमा आउने तयारीमा रहेको लिम्बु संस्कृतिमा बनेको फिल्म ‘लुङा’को प्रिमियर समेत महोत्सवमा हुनेछ ।

काठमाडौँबाट दुई दर्जन बढी फिल्मकर्मीहरू महोत्सवमा सहभागी हुन भकुण्डेबेसी पुग्नेछन् । चलचित्र विकास बोर्डसँगको सहकार्यमा यो महोत्सव हुन लागेको हो । महोत्सवको पहिलो संस्करण गत वर्षको वैशाखमा गोरखाको लाप्राकमा गरिएको थियो । 

स्थानीय क्षेत्रको भाषा, कला, संस्कृति एवं पर्यटकीय क्षेत्रको प्रवर्द्धन गर्नु र नेपाली फिल्म हेर्ने बानी बसाल्नु लगायतको उद्धेश्य राखेर महोत्सव आयोजना गरिएको आयोजकले आयोजक सेलिब्रेटी नेपालका रघुनाथ सापकोटाले बताए । कार्यक्रममा आयोजक सापकोटाले एक रंग पत्रकारलाई नगदसहित सम्मान गर्ने घोषणा गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप