प्रतिनिधिसभा बैठक बस्दै, बजेटमाथिको छलफल जारी रहने
शुक्रबार, २६ जेठ २०८०, ०६ : ३३
काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ । सङ्घीय संसद् भवन बानेश्वरमा बिहान ११ः०० बजे बस्ने बैठकमा बजेटमाथिको छलफल जारी रहने भएको छ ।
गत जेठ १५ गते अर्थमन्त्रीले पेस गरेको बजेट माथि पछिल्ला दिनमा निरन्तर छलफल चलिरहेको थियो । हालसम्म उक्त बजेटमा १ सय भन्दा बढी प्रतिनिधिसभा सदस्यले धारणा र जिज्ञासा राखिसकेका छन् ।
विपक्षी सांसद्हरुले बजेटमाथि प्रश्न उठाउँदा सत्ता पक्षका सांसद्हरु बचाउमा उत्रिँदै आएका छन् । यद्यपि नेकपा (एकीकृत समाजवादी) र जसपाले बजेट सीमित जिल्लामा केन्द्रित भएको भन्दै पास गर्न नदिने चेतावनी दिँदै आएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गणितीय विज्ञान, कृत्रिम बुद्धिमत्ता र नवप्रवर्तन
-
प्रश्नपत्र चुहावट विरुद्ध भारतमा युवा आन्दोलन चर्कियो
-
पहिराेले अवरुद्ध चितवन तर्फको सडक खुल्यो, धादिङतर्फ अझै अवरुद्ध
-
बर्नहम बन्दै छन् बेलायतका नयाँ प्रधानमन्त्री : यस्तो छ सत्ता हस्तान्तरण प्रक्रिया
-
कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तार : एक वर्षमा १७ हजारभन्दा बढी सेवा
-
शुक्लाफाँटा निकुञ्जमा च्याउ खोज्न गएका ३ जनाको सकुशल उद्धार, १४ जना अझै बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण