पूर्व अमेरिकी गुप्तचर अधिकारीको दाबी : अमेरिकासँग एलियन छ
बासिंगटन । अमेरिका प्राय जसो एलियनको खोजी गरिरहेको छ । कतिपय फिल्ममा अन्य व्यक्तिले अमेरिकामा यस्तो गोप्य ठाउँ रहेको दाबी पनि गरेका छन्, जहाँ एलियनलाई राखिएको छ र अनुसन्धान भइरहेको छ ।
हालै अमेरिकालाई लिएर फेरि यस्तो सनसनीपूर्ण खुलासा भएको छ । यो खुलासा एक पूर्व गुप्तचर अधिकारी डेभिड ग्रुश र व्हिसल ब्लोअरले गरेका छन्।
द डेब्रिफलाई उद्धृत गर्दै, द गार्डियन्सले एउटा रिपोर्ट प्रकाशित गरेको छ कि, एक्स इन्टेलिजेन्स अफिसरले अमेरिकाको कब्जामा एलियनका गाडीहरू रहेको खुलासा गरेका छन्, जसमा केही कहिल्यै अन्त्य नहुने सवारीहरू पनि छन्।
यो जानकारी कंग्रेसमा दिएपछि विरोधको सामना गर्नुपरेको ग्रसको भनाई छ । जसका कारण अमेरिकी इन्टेलिजेन्समा १४ वर्ष सेवा गरिसके पछि गत २०२३ अप्रिलमा जागिर छाडनु परेको ग्रसले बताएका छन । यद्यपी उनले यस्तो कुनै शिल्प वा गाडीको तस्विर समेत नदेखेको बताए ।
द डेब्रिफसँगको कुराकानीमा ग्रुशले विमानको फ्लीटमा रहेका कतिपय यानहरू कहिल्यै अन्त्य नहुने र केही जहाज केही हदसम्म नष्ट हुनसक्ने बताए ।
नेशनल एयर एन्ड स्पेस इन्टेलिजेन्स सेन्टर (नासिक) का अमेरिकी गुप्तचर अधिकारी जोनाथन ग्रेले पनि यो खबरको पुष्टि गरेका छन्। उनीहरुले यो एलियन क्राफ्ट भएको पनि पुष्टि गरेका छन् । यसमा नयाँ के छ भन्ने पनि बताए । त्यहाँ एलियनहरू वा गैरमानवहरू छन्।
रिटायर्ड आर्मी कर्णेल कार्ल नेलले पनि ग्रुसको दाबी सत्य भएको बताएका छन्, अमेरिकाले पनि युएफअको क्र्यास साइटहरूमा गएर जानकारी सङ्कलन गर्ने प्रयास गरिरहेका छन् । त्यस्ता साइटहरूबाट फेला परेका चीजहरूको इन्जिनियरिङ पनि बुझ्ने प्रयास गरिरहेका हुन्छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
-
नेदरल्यान्ड्सविरुद्ध नेपाल १५७ रनमै अलआउट, फेरि धर्मरायो ब्याटिङ
-
कर अधिकृतलाई अर्थमन्त्रीको सम्बोधन– ‘८ खर्ब तपाईंहरूको लक्ष्य हो, बजेटको स्कीमबाट १ खर्ब उठाउनुस्’
-
कांग्रेसको आधिकारिकता विवाद पुनः सर्वोच्चमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण