बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

१३ वर्षमै यौन दुर्व्यवहार भोगेकी सोनम

शुक्रबार, २६ जेठ २०८०, ०७ : ४४
शुक्रबार, २६ जेठ २०८०

मुम्बई । अभिनेत्री सोनम कपुर बलिउडकै सबैभन्दा स्टाइलिस्ट अभिनेत्रीमा पर्छिन् ।  अनिल कपुरकी छोरी सोनम निकै बिलासी जीवन बिताउँछिन् ।

कमैलाई थाहा होला कि सोनमले १३ वर्षको उमेरमै यौन दुर्व्यवहार भोगेकी थिइन् । यो घटनाबाट उनी यति डराएकी थिइन् कि उनले आफूले नै गल्ती गरेको महसुस गरिन् । घटनाबारे उनले कसैलाई सुनाइनन् । यो कुराका खुलासा उनले हालै एक अन्तरवार्तामा गरेकी हुन् ।

‘जोकोही पनि बाल्यकालमा कहिले न कहिले यौन दुर्व्यवहारकाे सिकार हुन्छ । मलाई थाहा छ कि मैले पनि दुव्यर्ववहार भोगेकी थिएँ । त्यो मेरा लागि ठुलो चोट थियो । यो बारेमा मैले दुई तीन वर्षसम्म कसैलाई बताइनँ । मलाई त्यो घटना अहिलेसम्म सम्झना छ’, उनले भनेकी छन् । सोनमका अनुसार यो घटना मुम्बईको गाइट ग्यालेक्सी थिएटरमा भएको थियो । जहाँ उनी आफ्ना साथीहरूका साथ फिल्म हेर्न गएकी थिइन् ।

‘सबै मानिसहरू केही खानेकुरा किन्न बाहिर गएका थिए । त्यही बेला एक मानिस पछाडिबाट आएर मेरो छाती थिच्यो । त्यो बेला म सानी थिएँ, मेरो आकृति थिएन । मेरो छाती थिचेपछि म कामेँ । मलाई थाहा थिएन कि यो के भइरहेको छ । त्यसपछि म भित्र गएर पुरै फिल्म हेरेँ । त्यो बेला मैले नै केही गल्ती गरेर यस्तो हो कि भन्ने भयो’, उनले भनेकी छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप