बुधबार, २४ असार २०८३
ताजा लोकप्रिय
नीति तथा कार्यक्रम

नीति तथा कार्यक्रम सतही रुपमा आयो : लुम्बिनी एमाले

शुक्रबार, २६ जेठ २०८०, १५ : १६
शुक्रबार, २६ जेठ २०८०

बुटवल । नेकपा एमालेले लुम्बिनी प्रदेशमा प्रस्तुत नीति तथा कार्यक्रम सतही रुपमा आएको टिप्पणी  गरेको छ। नेकपा एमाले लुम्बिनी संसदीय दलका नेता लिला गिरीले समग्र विषयवस्तु नै फितलो र हल्का रुपमा आएको प्रतिक्रिया दिए । 

‘प्रदेशको समृद्धिका जुन आधार थिए, तिनलाई साकार बनाउने खालका कार्यक्रम बनाउनुपर्ने थियो, त्यसमा ध्यान दिइएको पाइएन’ उनले भने, ‘यसले निराश बनाउने काम गरेको छ ।’

गिरीले अहिलेको परिस्थितिलाई सही ढंगले अध्ययन नगरी हुल्का पाराले नीति तथा कार्यक्रम ल्याइएको बताए । एमालेले समग्र विषयमा अध्ययन गरेर धारणा बनाउने समेत उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप