चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको उपकुलपति पदका लागि आवेदन माग
काठमाडौँ । सरकारले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको उपकुलपति पदका लागि आशय पत्र सहित आवेदन माग गरेको छ । स्वास्थ्य मन्त्रालयले शुक्रबार सूचना जारी गरी प्रतिष्ठानको उपकुलपति पदका लागि आशय पत्र सहित आवेदन माग गरेको हो ।
राष्ट्रिय प्रतिष्ठान ऐन, २०६३ को दफा १८ को उपदफा (२) बमोजिम उपकुलपति पदमा नियुक्तिको लागि आवेदन माग गरिएको सूचनामा उल्लेख छ ।
आजको मितिले सात दिन भित्र मन्त्रालयमा वा इमेल ठेगाना heocmohp@gmail=com मा आवेदन दिन सकिने वरिष्ठ स्वास्थ्य प्रशासक डा. समीर कुमार अधिकारीले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।
निवेदन साथ संलग्न गर्नुपर्ने कागजातहरुः
१) सो पदमा रही बहन गर्नुपर्ने जिम्मेवारीका सन्दर्भमा विस्तृत कार्य योजना
२) अनुभव खुल्ने व्यक्तिगत विवरण ।
३) काउन्सिलको दर्ता नवीकरण प्रमाणपत्रको प्रमाणित प्रतिलिपि ।
(४) शैक्षिक योग्यता प्रमाणपत्रको प्रमाणित प्रतिलिपि ।
५) नेपाली नागरिकता प्रमाणपत्रको प्रमाणित प्रतिलिपि ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चीनको सुँगुर प्रजनन फार्ममा आगलागी, ५ जनाको मृत्यु
-
पश्चिम एसियामा तनाव बल्झिएसँगै एसियाली सेयर बजारमा पहिरो
-
स्थानीय तहको अधिकार र स्वायत्तता माग्दै माइतीघरमा जनमत पार्टीको प्रदर्शन
-
इजलासमा फर्किइन् सपना प्रधान मल्ल
-
रास्वपाको ५६ जिल्लामा अधिवेशन सम्पन्न (विवरणसहित)
-
छोरीको घर उजाडेर ज्वाइँसँग महिलाले गरिन् ‘कोर्ट म्यारिज’ !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण