शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको उपकुलपति पदका लागि आवेदन माग

शुक्रबार, २६ जेठ २०८०, १७ : ४०
शुक्रबार, २६ जेठ २०८०

काठमाडौँ । सरकारले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको उपकुलपति पदका लागि आशय पत्र सहित आवेदन माग गरेको छ । स्वास्थ्य मन्त्रालयले शुक्रबार सूचना जारी गरी प्रतिष्ठानको उपकुलपति पदका लागि आशय पत्र सहित आवेदन माग गरेको हो । 

राष्ट्रिय प्रतिष्ठान ऐन, २०६३ को दफा १८ को उपदफा (२) बमोजिम उपकुलपति पदमा नियुक्तिको लागि आवेदन माग गरिएको सूचनामा उल्लेख छ ।

आजको मितिले सात दिन भित्र मन्त्रालयमा वा इमेल ठेगाना heocmohp@gmail=com मा आवेदन दिन सकिने वरिष्ठ स्वास्थ्य प्रशासक डा. समीर कुमार अधिकारीले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।

निवेदन साथ संलग्न गर्नुपर्ने कागजातहरुः

१) सो पदमा रही बहन गर्नुपर्ने जिम्मेवारीका सन्दर्भमा विस्तृत कार्य योजना

२) अनुभव खुल्ने व्यक्तिगत विवरण ।

३) काउन्सिलको दर्ता नवीकरण प्रमाणपत्रको प्रमाणित प्रतिलिपि ।

(४) शैक्षिक योग्यता प्रमाणपत्रको प्रमाणित प्रतिलिपि ।

५) नेपाली नागरिकता प्रमाणपत्रको प्रमाणित प्रतिलिपि ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप