आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय
वैदेशिक रोजगारी

साउदीले किन गर्‍यो वैदेशिक रोजगारीमा जाने कामदारको शैक्षिक प्रमाणपत्र अनिवार्य ?

भिसा सेन्टर खोल्न असफल भएपछि भिसामा कडाइ गर्न लागेको व्यवसायीहरूको बुझाई
शनिबार, २७ जेठ २०८०, ०७ : २६
शनिबार, २७ जेठ २०८०

काठमाडौँ । साउदी अरेबियाले १२ जुनदेखि भिसा जारी गर्न शैक्षिक प्रमाणपत्र अनिवार्य गरेको छ ।  नेपालस्थित साउदी दूतावासले एक सूचना जारी गर्दै भिसा दिनको लागि शैक्षिक योग्यता अनिवार्य बनाएको हो । 

भिसा दिन शैक्षिक प्रमाणपत्र आधारभूत आवश्यकता मानेको छ । १२ जुन २०२३ देखि भिसा आवेदनसँग शैक्षिक योग्यता संलग्न गर्न अनुरोध गर्दै दूतावासले प्रमाणपत्र कन्सुलर सेवा विभागबाट प्रमाणीकरण गरेर पुनः दूतावासमा पेश गर्नुपर्ने भनेको छ । 

कन्सुलर सेवा विभागमा पेश गरेको प्रमाणपत्र पुनः दूतावासमा पेश गरेपछि मात्रै  भिसा जारी गर्ने दूतावासले जनाएको छ । उक्त शैक्षिक प्रमाणपत्र भिसा आवेदनमा पढ्न र लेख्न सक्षम मानिने दूतावासका दाबी छ । 

नेपालीहरू वैदेशिक रोजगारीका लागि साउदीमा निर्माण क्षेत्र, हेल्पर, क्लिनर, मेकानिक जस्ता काममा जान्छन् । उनीहरू प्रायः सामान्य साक्षर हुन्छन् । दूतावासको उक्त निर्णयले भने हजारौं नेपालीहरू वैदेशिक रोजगारीका लागि साउदी जानबाट वञ्चित हुने देखिन्छ । 

मेनपावर व्यवसायीहरूले यसको चर्को विरोध गर्दै आएका छन् । उनीहरूले श्रम र परराष्ट्रमन्त्रीको ध्यानाकर्षणसमेत गराएका छन् । नेपाल वैदेशिक रोजगारी व्यवसायी संघको तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारी र परराष्ट्रमन्त्री एनपी साउदलाई ज्ञापनपत्र बुझाउँदै उक्त निर्णय सच्याउन कुटनीतिक पहल गर्न माग गरेका छन् । 

मन्त्रालय नै चकित  
साउदीको उक्त निर्णयबारे श्रम मन्त्रालय नै अनभिज्ञ छ । मन्त्रालयका अधिकारीहरू के कति कारणले यस्तो निर्णय गरियो भन्नेमा चकित छन् । मन्त्रालयका एक अधिकारीले रातोपाटीसँग कुरा गर्दै भने, ‘यस्तो अव्यवहारिक नियम किन लागू गर्न खोजियो हामी चकित छौं । यसबारे बुझ्ने काम भइरहेको छ ।’

दूतावासले साउदी सरकारले संसारभर नै यो नियम लागू गर्न लागेको बताएको छ । तर, भारतीय मेनपावर व्यवसायीहरूले अहिलेसम्म कुनै जानकारी नआएको बताएका छन् । 

यस विषयमा आवश्यक छलफल गर्न श्रम मन्त्रालयले साउदी राजदूतलाई बोलाएको छ । परराष्ट्र मन्त्रालयले समेत कुटनीतिक छलफल थालेको छ ।  साउदी राजदूत साद अबुहैमेदलाई बोलाएर श्रम मन्त्रालयले आवश्यक जानकारी बुझ्न लागेको हो । 

उता दूतावासले साउदी सरकारले संसारभर नै यो नियम लागू गर्न लागेको बताएको छ । तर, भारतीय मेनपावर व्यवसायीहरूले अहिलेसम्म कुनै जानकारी नआएको बताएका छन् । 

नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष राजेन्द्र भण्डारीले भारतका मेनपावर व्यवसायीहरूलाई बुझ्दा त्यस्तो कुनै पनि निर्णय नभएको जानकारी दिए । 

शैक्षिक प्रमाणपत्र र भिसा सेन्टरको कनेक्सन !
नेपालस्थित साउदी दूतावासले ८ मे २०२३ मा परराष्ट्र मन्त्रालयलाई एउटा कुटनीतिक नोट पठायो । ११ मे २०२३ मा परराष्ट्रले आवश्यक राय सुझावका लागि भन्दै श्रम, रोजजगार तथा सामाजिक सुरक्षा मन्त्रालय तथा नेपाल वैदेशिक रोजगार व्यवसायी संघलाई पत्र पठाएको थियो । 

उक्त पत्रमा साउदी दूतावासले निकट भविष्यमै भिसा तथा यात्रासम्बन्धी कार्य भीएफएस ग्लोबल सर्भिसेज नेपालमार्फत् काम गर्न लागेको बताएको थियो । उक्त कार्यको चौतर्फी विरोध भयो । व्यवसायीहरूले सीमित व्यवसायी तथा व्यक्तिको प्रलोभनमा परेर भिसा सेन्टर खोल्न लागेको बताए । उक्त कार्य रोक्नुपर्ने माग गर्दै वैदेशिक रोजगार व्यवसायीले श्रममन्त्रीलाई ज्ञापनपत्र समेत बुझाएका थिए । 

दूतावासबाट सिधै गरिनुपर्ने काम गर्नका लागि भिसा सेन्टरमा जानुपर्ने र त्यहाँबाट कागजात संकलन गरेर पुनः दूतावासमा गएर भिसा जारी गर्नु लामो र झन्झटिलो प्रक्रिया बनाउन लागिएको थियो । त्यसका लागि केही व्यवसायीहरूको आर्थिक चलखेलको आशंका गरिएको छ । 

श्रम मन्त्रालयले यो विषयमा थप छलफल आवश्यक रहेको भन्दै तत्काल कार्यान्वयन नगर्न आग्रह गरेको थियो । परराष्ट्र मन्त्रालयलाई पत्राचार गर्दै ‘नेपाल वैदेशिक रोजगार व्यवसायी संघ एवम् यस क्षेत्रमा कार्यरत च्भअचगष्तmभलत ब्नभलअष्भक बाट विरोध स्वरूप विज्ञप्ती प्रकाशन भएको सन्दर्भमा श्रमिकको हकहितलाई प्रमुख प्राथमिकतामा राखेर मात्र यस प्रकारका निर्णय कार्यान्वयन गर्नुपर्ने देखिएको छ ।’ भनिएको थियो । 

त्यसपछि उक्त प्रक्रिया रोकिएको थियो । यसमा राजदूतावासलाई विभिन्न प्रलोभनमा पारेका थिए । उक्त भिसा सेन्टरबाट पासपोर्ट र आवेदन संकलन गर्ने र भिसाका लागि दूतावासमा नै पठाउनुपर्ने भन्ने थियो । त्यसका लागि प्रति व्यक्ति ३ हजार रूपैयाँ शुल्क तोकिएको छ । 

दूतावासबाट सिधै गरिनुपर्ने काम गर्नका लागि भिसा सेन्टरमा जानुपर्ने र त्यहाँबाट कागजात संकलन गरेर पुनः दूतावासमा गएर भिसा जारी गर्नु लामो र झन्झटिलो प्रक्रिया बनाउन लागिएको थियो । त्यसका लागि केही व्यवसायीहरूको आर्थिक चलखेलको आशंका गरिएको छ । 

साउदीका राजदूतले व्यवसायीहरूसँगको छलफलको क्रममा कुनै व्यवसायीको संलग्नता नरहेको बताएका थिए । तर, पछि दुबईस्थित वल्र्डवाइड होल्डिङस् लिमिटेडमार्फत् भिसा सेन्टर सञ्चालन गर्न लागेको पाईयो । त्यसका लागि दुईजना नेपाली स्थानीय प्रतिनिधि रहेको पाइएको छ । 

दूतावासले भिसा सेन्टर खोल्न तत्काल असफल भएपछि भिसामा कडाई गर्न लागेको व्यवसायीहरूको बुझाई छ । भिसा सेन्टर खोल्न नदिएको रिस भिसा जारीमा गर्नमा देखाएको हुन सक्ने व्यवसायीहरूको भनाई छ । संसारमा कहीँ कतै नभएको शैक्षिक प्रमाणपत्र माग गर्नुको पछाडि भिसा सेन्टर खोल्न नदिएको भन्दै आक्रोश हुन सक्ने उनीहरूको भनाई छ । 

तत्काल सच्याउनुपर्ने माग 
व्यवसायीहरूले साउदी दूतावासको उक्त निर्णय अव्यवहारिक भएको भन्दै सच्याउनुपर्ने माग गरेका छन् । संघका अध्यक्ष भण्डारीले यो नेपाली श्रमिकहरूलाई अनावश्यक दुःख दिने नियतले गर्न लागिएको बताए । 

‘नेपाली श्रमिकहरू पुख्र्यौली पेशामा आबद्ध छन् । उनीहरू त्यही पेशामार्फत् विदेश जाने हो । त्यसमा शैक्षिक प्रमाणपत्र खोज्नु अव्यवहारिक हो । दुःख दिने नियतले ल्याइएको हो । यसलाई सच्याउन सरकारले कुटनीतिक पहल गर्नुपर्छ ।’ अध्यक्ष भण्डारीले भने । 

यो विषयमा नेपालस्थित साउदी दूतावासले भने कुनै प्रतिक्रिया जनाएको छैन । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्णसिंह धामी
कृष्णसिंह धामी

धामी श्रम/वैदेशिक रोजगार र शिक्षा विटमा विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप