वैदेशिक रोजगारीका लागि साउदी जान एसएलसी पास गरेको हुनुपर्ने, मेनपावर व्यवसायीहरूको विरोध
काठमाडौँ । वैदेशिक रोजगारीका लागि साउदी अरब जाने नेपाली श्रमिकले अनिवार्य रूपमा शैक्षिक प्रमाणपत्र पेश गर्नुपर्ने भएको छ। नेपालस्थित साउदी दूतावासले भिसा प्रयोजनका लागि एसएलसी पास गरेको प्रमाणपत्र अनिवार्य गर्न लागेको हो।
१२ जुनदेखि भिसा जारी गर्न अनिवार्य एसएलसी पास गरेको प्रमाणपत्र पेश गर्नुपर्ने जनाएको छ । कामदारको भिसा प्रक्रियामा शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी सो प्रमाणपत्र परराष्ट्र मन्त्रालय अन्तरगत कन्सुलर सेवा विभागबाट प्रमाणित गरी पुनः साउदी दूतावासबाट प्रमाणीकरण गर्नुपर्ने भएको हो ।
व्यवसायीहरूले भने यसको विरोध गरेका छन्। उनीहरूले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीलाई ज्ञापनपत्र बुझाउँदै उक्त कार्य रोक्न माग गरेका हुन् ।वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष राजेन्द्र भण्डारीले दूतावासको उक्त निर्णय दुःख दिने नियतले आएको बताए।
वैदेशिक रोजगारीका लागि साउदी अरबमा कामदार पठाउँदा कामदारको भिसा प्रक्रियामा अनावश्यक रुपमा शैक्षिक योग्यताको प्रमाणपत्र माग गरी सो प्रमाणपत्र परराष्ट्र मन्त्रालय अन्तरगत कन्सुलर सेवा विभागबाट प्रमाणित गरी पुनः साउदी दूतावासबाट प्रमाणीकरण गर्नुपर्ने अनिवार्य अव्यवहारिक, प्रचलन कानुन विपरीत रहेको उनको भनाइ छ।
नेपालबाट साउदी अरब लगायत खाडीका देशहरू तथा मलेसियामा जाने कामदार प्रायः अदक्ष कामदार जाने भएको हुँदा अन्य मुलुकहरूमा शैक्षिक प्रमाणपत्रको आवश्यक नहुने उनको भनाइ छ।
उक्त काममा उनीहरूको पुर्खौली पेशा पनि भएको हुँदा काम गर्न सिप र क्षमता भएको तर आधिकारिक शैक्षिक योग्यताका प्रमाणपत्र नहुने कारणले गर्दा रोजगारीबाट वञ्चित गराउन खोजिएको उनको भनाइ छ।
दूतावासको उक्त कदम रोक्न कूटनैतिक पहल गरेर सो प्रावधान खारेज गरी पूर्ववत् तरिकाबाट कामदार जान पाउने व्यवस्था मिलाउन मन्त्रीलाई अनुरोध गरे।
साउदी दूतावासले नेपालमा भिसा सेन्टर खोल्न लागेको छ। उक्त कार्यको चौतर्फी विरोध भएपछि सरकारले तत्काल उक्त कार्य स्थगन गर्न भनेको छ। दूतावासले भिसा सेन्टर खोल्न नदिएको रिसमा कामदारमाथि कडाइ गर्न लागेको व्यवसायीहरूको आरोप छ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
वातावरणमैत्री र हरित सडक निर्माणमा सडक विभागको जोड
-
प्रधानमन्त्रीलाई ‘राजदूत बनाइदिन’ म्यासेज गर्दा सचिव कृष्णहरि पुष्कर पक्राउ अनि रिहा
-
पत्रकार महासङ्घद्वारा जेठ २५ देखि असार ५ गतेसम्म दबाबमूलक आन्दोलन घोषणा
-
‘ध्यानबाट मानसिक शान्ति, तनाव व्यवस्थापन तथा सामाजिक सद्भाव प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास’
-
‘रविसँग भारतले ‘समानान्तर कूटनीति’ प्रयोग गरेको हुन सक्छ’
-
सुर्खेत–जुम्ला सडकको दही खोलामा पुल निर्माणका लागि ठेक्का आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण