सुर्नयामा ठेउला सङ्क्रमणबाट बालबालिका प्रभावित
सारांश
- सुर्नया गाउँपालिकामा ठेउला सङ्क्रमण फैलिएको छ, जसबाट बालबालिका प्रभावित भएका छन्।
- सङ्क्रमणका कारण केही विद्यालय बन्द गरिएका छन्, स्वास्थ्य शाखाले सतर्कता अपनाउन आग्रह गरेको छ।
- स्वास्थ्य शाखा प्रमुखका अनुसार, ज्वरो आउने, बिमिरा आउने जस्ता लक्षण देखिएमा स्वास्थ्य संस्थामा सम्पर्क गर्नुपर्छ।
बैतडी । सुर्नया गाउँपालिकाको वडा ७ र ८मा ठेउला सङ्क्रमण फैलिदा बालबालिका प्रभावित भएका छन् । बालबालिका प्रभावित भएपछि यहाँका केही विद्यालयको पठनपाठन समेत बन्द गरिएका छन् ।
ठेउला सङ्क्रमण देखिएकाले सतर्कता अपनाउन आग्रह गरिएको सुर्नया गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रामसिंह महराले बताए ।
ठेउला सङ्क्रमणबाट बालबालिका प्रभावित भएकाले केही विद्यालयसमेत बन्द गरिएका छन् । ठेउला सरुवा सङ्क्रमण भएकाले एक व्यक्तिबाट अर्को व्यक्तिमा सजिलै सर्न सक्छ । यसबाट बालबालिका, गर्भवती, रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका व्यक्ति बढी प्रभावित हुने भएकाले ध्यान दिनुपर्नेमा उनको जोड छ ।
ठेउला भएमा ज्वरो आउने, शरीरभरि बिमिरा आउने, शरीर दुख्ने, भोक नलाग्नेलगायत लक्षण देखापरेका छन् । यस्ता लक्षण देखापरेमा नजिकका स्वास्थ्य संस्थामा सम्पर्क राख्न आग्रह गरिएको स्वास्थ्य शाखा प्रमुख महराले बताए।
ठेउला सङ्क्रमित व्यक्तिलाई केही समय होम आइसोलेसनमा राख्नुपर्ने उनले बताए । यसका साथै व्यक्तिगत र वातावरणीय सरसफाइमा विशेष ध्यान दिन भनिएको छ । केही ठाउँमा ठेउला रोग देखिएकाले आवश्यक सतर्कता अपनाउन सम्बद्ध सबै पक्षलाई आग्रह गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोगराज जोशीले बताए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिम प्रदेश : अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर
-
बाथरुममा लडेर घाइते भए पियुष मिश्रा
-
जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
-
ट्रम्पको धम्कीपछि क्यानडाले रद्द गर्यो संयुक्त पुल उद्घाटन समारोह
-
हुथीको धम्कीपछि साउदीका तेल ट्याङ्कर फर्किए
-
मनिलामा बुधबार अमेरिका र चीनका शीर्ष कूटनीतिज्ञबिच वार्ता हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण