बुधबार, ०४ असार २०८२
ताजा लोकप्रिय

जलवायु अनुकूलन कार्यक्रमहरू लागू गर्दै अघि बढ्नुको विकल्प छैन: वनमन्त्री ठकुरी

मङ्गलबार, ०३ असार २०८२, १० : ०९
मङ्गलबार, ०३ असार २०८२

समाचार सारांश

  • वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले जलवायु परिवर्तनका असर कम गर्न तीनै तहका सरकार मिलेर काम गर्नुपर्ने बताए।
  • मन्त्रीले जलवायु परिवर्तन कम गर्न व्यक्ति स्वयं पनि लाग्नुपर्ने र नेपालको पहलका लागि सगरमाथा संवाद महत्त्वपूर्ण रहेको उल्लेख गरे।
  • मन्त्री ठकुरीले संसदमा क्लाइमेट एलाइन्स बनाउने र जलवायु अनुकूलन कार्यक्रमहरूलाई अघि बढाउने कुरामा जोड दिए।

काठमाडौँ । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले जलवायु परिवर्तनका असर न्यूनीकरण गर्न तीन तहकै सरकारहरू मिलेर काम गर्न जरुरी रहेको बताएका छन् । मंगलवार ललितपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले जलवायु परिवर्तनका असरहरू कम गर्न व्यक्ति स्वयं पनि लाग्नुपर्ने बताए ।  

अन्तर्राष्ट्रिय स्तरमा नेपालका पहलहरूलाई तीव्र रूपमा अघि बढाउँदै जानका लागि सगरमाथा संवादले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको उनको जिकिर छ । मन्त्री ठकुरीले संसदमा क्लाइमेट एलाइन्स बनाउने गरी अघि बढिरहेको बताए । 

मन्त्री ठकुरीले जलवायु अनुकूलन कार्यक्रमहरू लागू गर्दै अघि बढ्नुको विकल्प नरहेको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप