शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय
कथा

विवशताको क्यानभासमा

शनिबार, २७ जेठ २०८०, ०८ : ३३
शनिबार, २७ जेठ २०८०

कथाकार दिवाकर नेपालीज्यू, अहिले म ‘सुकन्या उर्फ निलिमा’को प्रमुख पात्रसँग संवाद गर्दैछु ।

उक्त प्रमुख पात्र मसँग भन्दै छ कथाकार अनामिकाज्यू, हाम्रो जीवन फ्रेमभित्र राखिएको फोटोझैँ रहेछ । फ्रेमले हामीलाई जुन आकारमा किला ठोक्छ, त्यही आकार विवश भएर बाँच्नुपर्ने बाध्यता ।  

आज म तपाईंको कथाको क्यानभासमा त्यो फ्रेमभित्र बाध्य भएर अटाएकी सुकन्या उर्फ निलिमाको फोटोलाई उतार्ने कोशिश गरिरहेछु । 

मैले चार वर्षअघि भीडन्तमा मारिएकी सुकन्याको कथा सार्वजनिक गरेको थिएँ । त्यो कथामा जीवन्तता भएर नै जीवन्त भएर बाँचेको थियो पाठकको हृदयमा । सुकन्याको सम्झनामा मैले आफ्ना कैयौँ दिन र रातलाई बगाइ रहँे झरनाको पानी बगेझैँ । 

तर एकदिन अचानक बग्दै गरेको झरनाको पानी स्थिर भयो । मेरो स्मृति ब्यँुझियो । जसरी शमशानघाटबाट मरेको मान्छे ब्यँुझन्छ । साँच्चै सुकन्याको त्यो सुन्दर भौतिक शरीर मेरो अगाडि थियो । यो सपना हो कि विपना मैले छुट्टाउन सकिनँ । उही हेराइ, उही स्वर उही बोलाई सुकन्याको प्रतिरुप थिई ऊ । 

समयले उही भीडन्त, भीडन्तअघि सुकन्यासँग भएको भेटमा लगेर पछा¥यो मलाई । म रन्थनिएँ । नेपालकी गाउँकी सुकन्या, भीडन्तमा परेर मरेको आफ्नै आँखाको दृश्यले मेरो आँखा बिझायो । मैले आँखा मजाले मिचेँ तर दृश्य बदलिएन । 

साँच्चै अहिले सुकन्या मेरो अगाडि छे । 

म उसँग केही वार्तालाप गर्दैछु । 

“तिम्रो नाउँ ऽ ?’

“मेरिना । ”

“घर कहाँ ?’

 ‘नेपाल माडी गाउँ ।”

  “यहाँ कसरी आइ पुग्यौ ?” 

बैंककको एउटा बीस दिने वर्कशपमा छु अहिले म । भीडन्त पछि दुई वर्षसम्म वेड रेस्ट गरेपछि मैले मन्त्रालय परिवर्तन गरँे । गृहबाट पर्यटन मन्त्रालय सरुवा भएपछि मैले यो दक्षिण एसियाली क्षेत्रीय स्तरको अफिस मेनेजमेन्ट ट्रेनिङमा भाग िलने मौका पाएको थिएँ । 

भत्ता पनि राम्रो आउने यो टे«निङ मलाई भीडन्तमा परेर मानसिक र शारीरिक पीडा भोग्न परेवापत दिइएको उपहारस्वरुप थियो । बीस दिने टेनिङको पिरियडमा होमसिक नहोस् र पढाइको स्ट्रेस नपरोस् भनेर सहभागीहरूलाई यसरी सहयोगी भनौँ वा केटी साथी मिलाइ दिने चलन रहेछ । 

साथी मिलाउने क्रममा अरूले विदेशका केटी रोजे । धेरैले थाई र मलेसियन केटी रोजे तर मलाई किन हो नेपालकै केटी रोज्न मन लाग्यो । नेपालको केटी कम पाइने र मँहगो भए पनि कन्ट्रयाक्टरले मलाई नेपाली केटी नै मिलाई दिएको थियो । 

नेपाली केटीको जस्तो आत्मीयता, त्यो भावना, त्यो संवेदना विदेशी केटीहरूमा कहाँ हुन्छ र ? यो कुरा त विदेशीहरूले पनि अनुभव गरेर भन्न थालिसके ।

ऊ अर्थात् मेरिना अहिले मेरो छेउमा छे । 

“मेरो काका यही होटलमा काम गर्नुहुन्छ ।” 

“तिमीलाई यस्तो काम गर्न लाज वा घिन लाग्दैन ।”

“यो पेशामा लाज वा घिन भन्ने हुँदैन । लिने र दिने मात्र हुन्छ ।”

ऊ अलिकति बोल्ड र स्ट्रङ्ग भएर भन्छे । 

ऊ फेरि भन्छे “लाज र घिन नारीलाई मात्र हुने पुरुषलाई चाहिँ किन नहुने ह्वाट अ ननसेन्स ?” उ अझ बोल्ड देखिन्छे । 

म अचम्म पर्छु, यस्तो कुरा त सुकन्या मात्र गर्न सक्छे । अरू सामान्य केटी यसरी स्ट्रङ्ग भएर बोल्न सक्दैनन् । फेरि यस्तो पेशामा लागेको केटीहरू ग्राहकलाई रिझाउन यस्तो संवाद त पटक्कै गर्दैनन् । पक्कै यो सुकन्या नै हुनुपर्छ । 

तर ऊ त भीडन्तमा मरेको मेरै आँखाले देखेको । कसरी सम्भव छ ? म अलिक धकाउँछु, आफूलाई मूल्याङ्कन गर्न थाल्छु । वास्तवमा उसलाई मैले बोलाउनु नै मेरो स्तर ऊ बराबर हुनु हो । उसले पाएको विशेषण मैले पनि पाउनु हो । अथवा म पनि ऊ जस्तै पतित हुनु हो । 

तर, हामी पुरुषहरू सधँै पवित्र नै हुन्छौ । सायद हाम्रो वंशले त्यो पवित्रता लाहाछाप लगाएर समाजबाट प्राप्त गरेको छ । म केहीबेर घोरिन्छु । अब म ऊसँग संवाद गर्दिन । किनभने उसका प्रत्येक वाक्य धारिला छन्, मुटु छेड्ने गरी । 

हामी एउटा होटलको बन्द कोठाभित्र सोफामा आमने सामने भएर बसेका छौँ । ऊ फेरि बोल्दिन । सायद मैले फेश गर्न जानिरहेको छैन क्यारे । यस्तो केटीहरूसँगको यो मेरो पहिलो अनुभव हो । दोस्रो, तेस्रो भएको भए म निकै परिपक्व भइसक्थे । 

सायद उसँग यस्तो गफ गर्न हुँदैनथ्यो कि ? यस्तो बेला सायद व्यक्तिगत र पारिवारिक गफ गर्न हुँदैन क्यार । मैले बेकारमा नेपाली केटी रोजेछु । विदेशी भए यी समस्याले मलाई पिरोल्ने नै थिएन । उसले मलाई भरपुर मनोरञ्जन भनौँ आनन्द दिन्थी । 

मैले पनि आधुनिकता अँगाल्न परम्परागत मानसिकता कहाँ फ्याक्न सकेको छु र ? जे होस्, यो केटी पक्कै सुकन्या नै हुनुपर्दछ । उसले मलाई चिनिसकी । तर नचिनेझँै गर्दैछे । 

त्यसैले त ऊ मसँग खुल्न सकेकी छैन । उसलाई मैले सुकन्या हुँ भनाउनै पर्छ । म के गरौँ ? म मस्तिष्कमा विभिन्न फर्मूला उब्जाउदै ‘ब्रेन स्ट्रोमिङ्ग’ गर्न थाल्दछु । उसलाई सुकन्या हुँ भनेर मनाउन विगतको उही भीडन्तमा पु¥याउँछु । म नम्र भएर भन्छु । 

“मेरिना तिमीलाई थाहा छ म को हुँ ?” 

“थाहा छैन । मैले कसरी चिन्नु ? हाम्रो पेशामा यो सब हुँदैन ? तपाईं नयाँ मान्छे पर्नु भा जस्तो लाग्छ ?” ऊ निकै सामान्य भइसक्छे । 

“यु आर राइट मेरिना, म नयाँ मान्छे नै हुँ । अनुभव विनाको फ्रेस तिमीलाई अलिकति दुःख हुने भयो । यसको लागि क्षमा चाहन्छु । वास्तवमा मैले तिमीलाई यहाँ मेरो मनको भावना र अनुभव सुनाउन मात्र बोलाएको हुँ । मलाई समय विताउन र मनको भावना पोख्ने साथी मात्र चाहिएको हो । त्यसैले, मैले नेपाली केटी रोजेको हुँ ।  

सबै यौनकर्मीलाई कामुक नजरले नै हेर्नुपर्छ भन्ने म मान्दिनँ । तिमीलाई म मेरो जीवनको अति अप्रिय घटना सुनाउन चाहन्छु । सुन्छौ हैन ?” म उसको मनोविज्ञान पढ्दै आफूतिर आकर्षित गर्ने प्रयास गर्छु । 

“सुन्छु , भन्नु भए हुन्छ ।” ऊ अलिक आत्मीय स्वरमा भन्छे । 

“ओके, हामी यस्तै गफ गरेर यो साँझ यो रात रमाइलो गरी बिताऔँ है ?” 

“सुन म नेपालको पश्चिम जिल्लामा सिडिओ भएर जाँदाको घटना हो । त्यो बेला माओवादी सशस्त्र युद्धमा थिए । माओवादी र सरकारी पक्षबीच ठूल्ठूला भीडन्त भइरहन्थे । 

एकपल्ट म बसेको जिल्लामा ठूलो भीडन्त भयो । म मुश्किलले बाँचे । मलाई बचाउने एकजना छापामार केटी थिइन् । तिनको नाम सुकन्या हो । यो जीवन उसैको ऋणी भएर बाँचेको छ । उसले मलाई त्यो समय नबचाएको भए यो धर्तीमा मेरो अस्तित्व धेरै अगाडि मेटिसक्थ्यो । 

उसको सम्झना मेरो स्मृति पटलमा प्रत्येक पल जागै भएर रहिरहेको छ । उसले आफ्नो जीवनलाई मृत्युको हातमा सुम्पेर मलाई बचाई । ऊ अब यस संसारमा छैन । ऊ बाँचेकी भए म उसको लागि केही गर्ने थिएँ । मृत्युको मुखबाट बचाउनेलाई बाँच्नेले आफ्नो सम्पूर्ण कुरा दिए पनि त्यो थोरै हुन्छ । 

त्यसैले, उसको त्यो भीडन्तमा मृत्यु भएपछि म विक्षप्त बनेँ । कैयौँ दिनसम्म उसको बलिदानीले थिचिएको मेरो यो जीवन आफैँलाई थामि नसक्नु बोझिलो भयो । सायद ऊ बाँचेकी भएँ...” म सँुक्क सँुक्क गरेर रुन थालँे । 

वास्तवमा नेपाली केटी नेपाली नै हुँदा रहेछन् । जहाँ बसे पनि पनि उही आत्मा, उही भावना उही संवेदना । उसको अनुहारमा धेरै परिवर्तन आइसकेको थियो । म मिशनमा सफल हुँदै थिएँ । 

म फेरि भन्न थालेँ– “मेरिना मैले उसको कथा लेखेर पनि सार्वजनिक गरिसकेको थिएँ । त्यो कथा धेरैले मन पराएका पनि थिए । वास्तवमा सिद्धान्त, धार, विचार भन्दा ठूलो मानवीयता रहेछ । मानवता भन्दा ठूलो कुरा यस संसारमा अरू केही रहेनछ । यो युद्ध त हजारौँ वर्षदेखि हुँदै आएको हो । हुँदै गर्छ । तर हामी मानव दुई दिनको जीवन यस्तै पीडामा बाँच्न बाध्य छौँ । 

सुकन्यालाई देशमा लोकतन्त्र आएको हेर्ने कत्रो इच्छा थियो । उनले आफ्नो अमूल्य जीवन होमिदिई क्रान्तिको आगोमा । तर, क्रान्तिले उसलाई के दियो ? मृत्युबाहेक केही दिएन । उसलाई सहिद घोषणा गर्न पनि सकेन । आज सुकन्या बाँचेकी भए उनी कति खुसी हुन्थिन् होला । आज उनको पार्टीको सरकार छ । ऊ ठूलो पोष्टमा हुन्थी वा सांसद हुन्थी होला ।” 

मैले यति भनिसक्दा नसक्दा सुकन्याको मुहारमा ठूलो परिवर्तन आइसकेको थियो । 

...

उनी रुला रुलाझैँ गरी भन्न थालिन्, “सर तपाईंले मलाई यति धेरै भूमिका बाँधेर भन्नै पर्दैन । तिमी सुकन्या होइनौ ? भन्दा भइहाल्थ्यो नि । म त्यही अभागी सुकन्या हुँ सर । भाग्यले ठगिएकी, कर्मले पछारिएकी ।” 

“सुकन्या..., तिमीलाई मैले सुरुमा सोध्दा होइन भन्न सक्थ्यो । तिमी भित्रको संवेदनालाई जीवित बनाउन म यो सब भनिरहेछु । मैले पहिलो पल्ट देख्दा नै तिमी सुकन्या हौ कि भन्ने अन्दाज गरेको थिएँ । तर पूर्ण विश्वास गर्न सकेको थिइनँ । अनि तिमी यहाँ ? यो पेशामा ? कसरी आइपुग्यौ ? तिम्रो मृत्यु भयो भनेर तिम्री आमाले काजक्रिया पनि गरिसकिन् रे !”

“हो सर, सबैले मलाई मरेको नै ठान्छन् । त्यो भीडन्तमा तपाईंलाई मैले छोडेर हिँडेपछि बाटामा सेनासँग मेरो मुठभेड भयो । गोली लागेर म ढलेछु । म मरेँ भनेर छाडेर हिँडेछन् । पछि चिनेका गाउँलेले देखेर अस्पताल ल्याइ पु¥याएछन् । म निकै सिरियस थिएँ रे । मेरो ढुकढुकी मात्र थियो रे । 

तर ईश्वरको लीला भनौँ,  त्यही अस्पतालमा  मलाई र मेरी आमालाई राम्ररी चिन्ने डाक्टर थिए । उनको श्रीमती सुत्केरी हुँदा मेरी आमाले धेरै सहयोग गरेको हुँदा उनी हामीलाई विशेष सहानुभूति राख्दथे । मेरो हालत देखेर उनलाई धेरै दया लागेछ । घाइते लिन काठमाडौँबाट हेलिकप्टर आएको बेला सुकन्या भनेर अर्कै केटीको शव बनाएर मलाई चाहिँ अर्कै नाम राखेर काठमाडौँ पठाइदिएछन् । त्यो भीडन्त त्यो कोलाहलमा कसैले वास्ता गरेनछन् । कपडाहरू सबै बदलेपछि मलाई खासै कसैले चिन्न सकेन । काठमाडौँमा पनि उही डाक्टरले सबै बन्दोबस्त गरिदिएछन् । यसरी म त्यो भीडन्तमा मरेकी थिइनँ सर ।” 

“ओहो सुकन्या तिमी जीवितै हौला भन्ने मैले सपनामा पनि सोचेको थिइनँ । अहिले पनि तिम्रो मुखबाट सुन्दा पनि विश्वास गर्न गाह्रो भइरहेछ । तिमीले मसँग सम्पर्क राख्न सक्थ्यौ नि !” 

“निको भएपछि कहाँ जाने ? के गर्ने भन्ने भयो । म यसरी बाँचेपछि पार्टीले मलाई पुरै शंका गर्न सक्थ्यो । सजायस्वरुप सफाया गर्न सक्थ्यो अथवा श्रमशिविरमा कठोर यातना दिन सक्थ्यो । 

त्यसैले, पार्टीमा म गइनँ । बाँच्नका लागि सङ्घर्ष गर्नु थियो, त्यो पनि भूमिगत भएर । कतै पार्टीका मान्छेले चिनिहाल्छ कि भन्ने ठूलो त्रास हुन्थ्यो । भूमिगत हुने कामको खोजीमा म लागँे । भूमिगत हुने क्रममा यौनत्रकर्मी हुन सजिलो भयो । त्यसै पनि लुकेर गर्नुपर्ने यो काम मलाई सजिलो भयो । ठूल्ठूला होटलमा आउने विदेशीहरूसँगको उठबस गर्दा पैसा पनि प्रशस्त हुन्थ्यो र ज्यानको पनि सुरक्षा हुन्थ्यो ।” 

“तिमी त्यत्रो क्रान्तिकारी भएर लागेकी मान्छे, यस्तो स्वाभिमानमा बाँचेकी मान्छे । कसरी आफ्नो शरीर, आत्मा अरूलाई सुम्पन राजी भयो त सुकन्या ?” 

“यो सब बाध्यता रहेछ । मान्छेलाई परिस्थितिले नराम्ररी दास बनाउँदो रहेछ । मेरा ती क्रान्तिकारी भावना, आत्माविश्वास सबै बालुवामा पानी हालेझँै भयो । तर त्यो भावनाले ममा एउटा आत्मविश्वास चाहिँ पलाएको थियो । त्यो के भने म शरीर बेचे पनि सस्तो किसिमको पेशेवर भइनँ भनौ । पार्कहरूमा ग्राहक रुँगेर बस्ने यौनकर्मी भइनँ । एउटा स्मार्ट र उच्च तहको व्यक्तिहरूसँग उठबस गर्ने महँगो पेशेवेर । यही गर्वमा रमाएर बाँच्न थाल्दा मलाई सजिलो पनि भयो । तर यो पेशाले पनि मलाई धेरै दिन टिक्न दिएन । मेरो जीवनमा अरू केही नै हुन लेखेको रहेछ ।” 

अब ऊ मलाई सर भन्न छोडेकी थिई । उसले लामो आङ तानेर बस्ने पोजिशनमा परिवर्तन गरी । 

“भन्दै जाऊ सुकन्या.. अलिकति स्न्याक्स र ह्विस्की पनि लिउँ है ।” 

“ओके !”

म वेटरलाई डाक्न वेल बजाउँछु र उसलाई केही खानेकुरा अर्डर गर्दछु । कोठामा म र ऊ मात्रै छौ । ठूलो सिसावाल झ्यालबाट बैंककका सडकमा गाडीहरू कमिलाका ताँतीझँै कुदिरहेका देखिन्थे । सुकन्याको रूप र लावण्यले बैंककमा आएपछि अझ मौलाउने अवसर पाएको देखिन्थ्यो । ऊ कुनै हिरोइन वा मोडेलझैँ लाग्दथी । 

ऊ उठेर झ्यालतिर गई । टाइट जिन्सको पाइन्टमा सिल्पलेस भेस्टले उसको हृष्टपुष्ट पाखुरा र आधा नाङ्गो देखिने शरीरले यौवनले मातेका तिर्खालु आँखालाई लोभ्याएझँै लाग्दथ्यो । उसको पछाडि ढाडको माथिल्लो भागमा पुलतीको टाटु खोपेको प्रस्ट देखिन्थ्यो । कुमबाट तल लत्रेको कपाल कुनै स्वाभिमानी भई उभिएको पहाडलाई छोपुला झँै गर्ने बादल जस्तो लाग्दथ्यो । मैले उसको चालढाल नियालेर हेरेँ । अलिकति बैशालु आँखाले अलिकति जिज्ञासु आँखाले । 

त्यसलाई शब्दमा परिणत गरे– “सुकन्या तिमीले आफ्नो रूपरंगलाई अझ लावण्य बनाएछौ नि !”

उसले झ्याल बाहिरको आँखालाई मतिर केन्द्रित पार्दै भनी– “हो मैले आफ्नो रूपरंग स्याहार्ने मौका पाएकी छु । मेरो अरू काम नै के हुन्थ्यो र ? छापामार हुँदा केही गर्न पाइँदैनथ्यो । सिद्धान्तले बाँधिएपछि इच्छा भए पनि मरेर जाँदो रहेछ । तर ग्लेमर्स दुनियाँमा यो नै सबैभन्दा महत्वपूर्ण हुँदो रहेछ । 

कसको छाती कति, कसको कम्मर कति, कसको थाइ कति भनेर हेरिदो रहेछ । मैले यहाँ आएर मोडलिङको टे«निङ पनि लिएकी छु । त्यसैले, मेरो हिँडाइ, बोलाई अरूको भन्दा केही फरक हुन्छ । फेरि यहीको केही विज्ञापनमा मोडलिङ पनि गरेकी छु । बैंकक बसाइँ खर्च मामुली छैन । अपार्टमेन्टको खर्च, आफ्नो व्यक्तिगत खर्च फेरि माथिल्लो स्तरको व्यक्तिसँगको उठबस, डिस्कोथेक धाउनु सामान्य छैन । तर पनि अहिलेसम्म म्यानेज गरिरहेकी छु ।”

ह्विस्की र स्न्याक्स टेबलमा आइसकेको थियो । सुकन्याको रूप र व्यवहार पहिलाभन्दा धेरै फरक थियो । गाउँकी सुकन्या, छापामार सुकन्या र अहिलेको सुकन्या, सुकन्याका तीनवटै रूप मेरो आँखाको पर्दामा नाच्न थाले चलचित्र भएर । 

उसको यो रूप र चालढाल देखेर म कुनै स्वप्नलोकमा छु झँै लाग्दथ्यो । म यही स्वप्नलोकमा बाँच्न चाहन्थे । किनभने आज पूर्ण रूपले सुकन्या मेरी थिई । यहाँ सामाजिक बन्धन, राजनीतिक घेराबन्दी, आक्रमण, मोर्चा केही थिएन । ऊ मात्र मेरी थिई । ऊ र म बीच आप्mना विगतका घटना, अनुभूति र भावनाहरू थिए । कुराकानीले हामी बीच आत्मीयताका बलियो सूत्र तयार हुँदै थियो । 

हामी ह्विस्की चियर्स गरेर स्न्याक्ससँग खान थाल्यौँ । 

“त्यसपछि के भयो सुकन्या ?” लामो मौनतापछि मैले जिज्ञासा उघारेँ । 

ऊ भन्न थाली– “काठमाडौंमा बाँच्न र यो पेशामा लाग्न मलाई सुरुमा धेरै गाह्रो भयो । कति धोका खाएँ । कति हण्डर खाएँ । दिनभरि भूमिगत भएर कोठामा टेलिभिजन हेरेर बस्नुपर्ने र रात परेपछि सिँगारिएर हिँड्नुपर्ने । निसंकोच पुरुषको अगाडि नांगिनुपर्ने । आफ्नो अस्मिता बेचेर बाँच्नुपर्ने, बनावटी हाँसोमा शरीरमात्र होइन, आत्मा पनि सुम्पनुपर्ने । धेरै किसिमका मानिसहरूसँग फेस गर्नुपर्ने । 

विशेष गरी भारतीयहरू हुन्थे मेरा ग्राहक । ती फाइव स्टार र थ्री स्टारमा बस्ने धनाढ्य हुन्थे । त्यसैले, मैले पैसाको लागि धेरै बिक्नु पर्दैनथ्यो । म आफ्नो रेट आफै तोक्थे । फेरि कतिपय त रूप, यौवन र सन्तुष्टि दिएवापत बेग्लै टिप्स दिने गर्दथे । तर सर मेरो जीवनले अर्कै मोड लिन चाहेको रहेछ ।” 

सुकन्या केहीबेर रोकिई । उसले कहिले भन्न सुरु गर्छे भन्ने प्रतिक्षामा थिएँ म । मेरो प्रतिक्षालाई अझ ब्यग्र बनाउँदै उसले कुरा अन्तै मोडिई । 

“मे आइ हेव स्मोक ?” 

“अफ कोर्स !”

त्यसपछि ऊ ब्यागबाट चुरोट झिकेर सल्काई । धुवाँको मुस्लोले उसको अनुहारलाई चुनौती दिँदै उडेझैँ लाग्थ्यो । उक्त धुवाँको मुस्लोमा मैले गाउँको अबोध सुकन्याको छाया देखेँ । म उसको बाँकी जीवनको कथा सुन्न व्याकुल थिएँ । चुरोटको सर्को मजाले आठ दश चोटि लिइसकेपछि ऊ भन्न थाली–  

“एकदिन अचानक मेरो भेट छापामार गम्भीरसँग भयो । उसले मलाई चिन्यो । ऊ क्यानटोनमेन्टबाट विद्रोह गरेर भागेर काठमाडौ आएको रहेछ । क्यान्टोनमेन्टमा आफूलाई भनेजस्तो सुविधा नदिएर राखेकोमा ऊ असन्तुष्ट थियो । 

पार्टीको ठूल्ठूला नेता मन्त्री भएका र सुख भोग गरेका तर छापामारको अवस्था दयनीय भएको भनी आक्रोश व्यक्त गर्यो । उसले मलाई पैसा कमाउने एउटा नयाँ जुक्ति बतायो । उसले सशस्त्र युद्धताका पार्टीले गरेको अनैतिक कार्य र नेता तथा समाजसेवीहरूको भण्डाफोर हुने गरी पुस्तक निकाल्ने र त्यो पुस्तक बिक्रीबाट आएको रकमबाट भूमिगत भएर बाँच्ने प्रस्ताव राख्यो । 

उसको प्रस्ताव मलाई ठीकै लाग्यो । किनभने सशस्त्र ताका पार्टीले धेरै अमानवीय कार्य गरेको छँदै थियो । मैले पनि ठूल्ठूला समाजसेवी र नेताहरुको गोप्य कुरा थाहा पाएकी थिएँ । त्यसैले हामीलाई लेख्न गाह्रो थिएन । उसले त्यो पुस्तक आफै लेख्ने तर नामचाहिँ मेरो राख्ने प्रस्ताव राख्यो । मलाई उसको त्यो प्रस्ताव पनि ठीकै लाग्यो । 

त्यसै पनि भूमिगत भएर बाँच्नुपर्ने जीवन । फेरि म विदेश जाने चक्करमा पनि थिएँ । गम्भीर र मेरो सम्झौता भयो । उसले पुस्तक छाप्यो । पुस्तक राम्रो बिक्री पनि भयो । यसको बढी फाइदा उसले नै लियो । मलाई धम्कीहरू आउन थाले । मैले अझ भूमिगत भएर बस्नुपर्ने बाध्यता आयो । त्यसपछि नेपालमा बस्ने मेरो अवस्था नै रहेन । कुनै पनि दिन मेरो हत्या हुन सक्थ्यो । त्यसैले, एउटा व्यापारीसँग मिलेर व्यापार गर्ने प्रयोजन मिलाएर बैंकक आइपुगँे ।”  ्

उसको विगतको कथाले मलाई एउटा बेग्लै संसारमा पु¥याएको थियो । साँच्चै स्वप्नलोक जस्तो । त्यसै पनि उसको जीवित अवस्थालाई मेरो मस्तिष्कले स्वीकार गरिसकेको नै थिएन । कुनै फिल्म वा पुस्तकको रोमाञ्चकारी कथाजस्तो लागिरहेको थियो । 

यति भनिसके पछि उसले आफूलाई धेरै हल्का महसुस गरी । ह्विस्कीको रमरममा म उसको कथालाई विश्वासमा परिणत गर्न प्रयास गरिरहन्छु । तर किन हो असमर्थ पाउँछु । म उसमा गाउँको उही सुकन्याको छवि देखिरहेको हुन्छु । यो अहिले मैले सुनेको कथा त कुनै फिल्मको हुनुपर्छ । मेरो आत्माले पटक्कै विश्वास गर्न मानिरहेको छैन । 

तर, यो सुकन्याजस्ती केटी अनि यो गेटअप ! सब भ्रम हुनुपर्छ । म भ्रममा बाँच्न चाहन्छु । सुकन्याप्रतिको मेरो भावुकता उर्लेर आउँछ । म उत्तेजित हुँदै उसलाई ग्वार्लम्म अँगालो मार्छु । उसका गालामा चुम्वन गर्दै भन्छु– “सुकन्या तिमीले मलाई नयाँ जीवन दिएकी छौँ । त्यसको लागि भन, म के गरुँ तिम्रो लागि । म जे पनि गर्न तयार छु ।”

ऊ पनि भावुक हुँदै भन्छे– “मेरो लागि केही गर्नु पर्दैन सर । मलाई त्यो खुसी दिन सक्नु हुन्छ, जुन मैले अहिलेसम्म पाएकी छैन । अहिलेसम्म मैले यौनको त्यो सुख पाइनँ, जसमा आत्मीयता हुन्छ, समर्पण हुन्छ अनि दरिलो विश्वास । पेशाको रूपमा लिइने यौनमा, त्यो सुख मैले कहिले पाइनँ । आजको साँझ म तपाईंसँग यही सेयर गर्न चाहन्छु सर ।” 

सुकन्या अहिले मेरो काखमा लुटपुटिरहेकी छे । 

“तिमीलाई जीवित भेटेर मैले आज जीवनको नयाँ अनुभूति गरिरहेछु । मानिसको जीवन कति बाध्यात्मक रहेछ । हेर, त्यो किलामा ठोकिएको फ्रेमजस्तो । 

भित्तामा भएको प्रणय लीलामा मग्न युवक युवतीको फोटो देखाउँदै म उसलाई भन्छु– “हेर हाम्रो जीवनले पनि त्यो फ्रेम भित्रको फोटोजस्तै अटाएर बस्नुपर्ने बाध्यता छ । अनि सानो भूकम्प वा हावाहुरीले त्यो फ्रेम झ¥यो भने फ्रेम फुटेर चकनाचुर हुन्छ । फोटोले उन्मुक्ति त पाउँछ तर उसको अस्तित्व मेटिसकेको हुन्छ । हाम्रो जीवनजस्तै हैन !” उसको आँैलाहरु खेलाउँदै भावुक हुँदै म भन्छु । 

मैले सुकन्यालाई उही गाउँको सुकन्या बनाएर फ्रेमभित्र स्केच गरेँ । उही सुकन्या जसको सौन्दर्यमा मै हुँ भन्ने ब्रह्माचारीहरू पनि पग्लन्थे । आज म उसको अगाडि पग्लिरहेको थिएँ । 

बिस्तारै फोटोको युवक ममा परिणत हुन्छ र युवती सुकन्यामा । मेरो हृदयदेखि नै भावुकता र कामुकता उर्लेर आएको महसुस गर्छु । म उसको नारी देहको तातो स्पर्शमा मुग्ध हुदै भन्छु–  “आइ नेभर फरगेट यु सुकन्या ।”

 

 म अब आफूभित्र कुनै उर्जा इलेक्टिक रेलको रफ्तारमा दौडेको महसुस गर्छु । दुवै हातले अँगालोलाई अझ मजबुत बनाउँदै लान्छु । सुकन्या मेरो प्रयासलाई भरमग्दुर सहयोग गर्छे । म उसलाई दुवै हातले फूलको थुगाझैँ उठाएर वेडमा सुताउँछु । म आफूलाई ऊ भित्र समाहित गर्दै लान्छु ।

यौन आनन्दको चरम शिखर आरोहणमा थियौँ हामीहरु । सफल शिखर आरोहणपछि हामी शिथिल हुन पुग्छौँ ।

आवेगात्मक रूपमा चलेको हुरी बतास केही समयको संघर्षपछि शान्त हुन्छ । म कुनै स्वप्नलोकबाट अवतरित भएको थिए । समयले एउटा नयाँ इतिहास कोरेको थियो, दुई आत्माको पुनर्मिलनको । 

समय निकै बितिसकेको थियो । सुकन्याले  आत्तिदै भनी–“अब म जानुपर्छ ।”

“तिमी आजको रात मसँग बिताउन सक्दैनौँ सुकन्या ?

मैले उसलाई बलियो गरी आफूमा कस्दै भनँे । 

“हुन्न सर ,मेरो समय बितिसकेको छ । रात बिताउन धेरै महँगो पर्छ । बरु भोलि यही समयमा भेट्ने वाचा गर्दछु ।” उसले आफूलाई मबाट अलग गर्दै भनी ।

यति भनेर ऊ उठेर आफ्ना कपडा र मेकअप मिलाउन थाली । म उसलाई गहिरिएर अध्ययन गर्न थालेँ । ऊ गएको पुन विवश आँखाले हेर्न बाध्य भएँ । मैले उसलाई बाई भन्न पनि बिर्सेछु । 

भोलिपल्टको टेनिङ सकेर म फेरि कोठामा आइपुग्छु । म सुकन्याको व्यग्र प्रतीक्षामा थिएँ । ऊ कतिबेला आइपुग्ली । आज त पक्कै मसँग खुलेर कुरा गर्नेछे । हिजो जस्तो औपचारिकता आज पटक्कै हुने छैन भन्ने कल्पनामा डुबिरहेको थिएँ । 

केही समय बिताउन म कोठा बाहिर निस्कन्छु । करिडरको निकै पर पुलिस र केही मानिसहरु कोठाको वरिपरि झुम्मिएको देख्छु । के भएको रहेछ ? मनमा उत्सुकता जन्मन्छ । उत्सुकता हुर्काउँदै त्यो ठाउँमा पुग्छु । त्यहाँ पुलिसहरुले कोठाभित्र कुनै युवतीको लासको फोटो खिचिरहेको देख्छु । 

म भिडबाट भित्र चियाउन पुग्छु । युवतीको शरीर निर्वाङ्ग निर्वस्त्र देख्छु । ऊ  घोप्टिएको हुन्छे । उसलाई यौनक्रीडापछि हत्या गरेको स्पष्ट थाहा हुन्थ्यो । यस्ती सुन्दर युवतीलाई कसले मार्यो होला ? को होली यो नेपाली केटी जस्ती ? अझ मनमा उत्सुकता गाडिन्छ । 

म नजिक गएर हेर्ने प्रयास गर्छु । नजिकबाट उसको ढाडको टाटु प्रष्ट देखिन्छ । म खङ्रङ्ग हुन्छु । कुनै पहिरोले मलाई थिचेजस्तो हुन्छ  ।   ‘सुकन्या..ऽ...’. मेरो मुखबाट निस्कन्छ । 

मलाई रिङ्गटा लागेर आउँछ । म त्यहाँ बस्न सक्दिनँ, दौड्दै कोठामा आउँछु ।

 रिङ्गटा लागेर म सोफामा थचक्क बस्न पुग्छु । मलाई संसार घुमेजस्तो लाग्छ । हिजोको सुकन्यासँग बिताएको समयले मलाई घपलक्कै निल्छ । म केही सोच्न सक्दिनँ । हेर्दाहेर्दै हिजो सुकन्यालाई देखाएको भित्ताको त्यो फ्रेम भुइँमा झरेर चकनाचुर हुन्छ । म केही देख्न सक्दिनँ । चक्कर लागेर पुरै टाउको घुम्न थाल्छ । टाउको जोडले समाउँछु र चिच्चाउँछु, “सुकन्या ऽ..ऽ ..।”   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शर्मिला खड्का दाहाल
शर्मिला खड्का दाहाल
लेखकबाट थप