विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ३ जनाको मृत्यु
काठमाडौँ । शनिवार देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परेर ३ जनाको मृत्यु भएको छ । सर्लाही, झापा र उदयपुरमा भएका सवारी दुर्घटनामा परेर ३ जनाको मृत्यु भएको हो । उदयपुर जिल्लाको उदयपुरगढी गाउँपालिका–७ अधेरीस्थित सडकमा स.८ प ४२४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शुक्रबार दिउँसो दुर्घटना हुँदा चालक सिन्धुली फिक्कल गाउँपालिका(६ बस्ने ३५ वर्षीय तेजकुमार राईको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल गाईघाटमा उपचारको क्रममा मृत्यु भएको हो ।
त्यस्तै सर्लाहीको लालबन्दी नगरपालिका–५ लेकुवापुलस्थित सडकमा बिआर ०१ बिएम २४२८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शनिबार बिहान दुर्घटना हुँदा चालक बह्रमपुरी गाउँपालिका–२ बस्ने २० वर्षीय रमेश ठाकुरको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको लालबन्दी स्टार अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
उता, झापाको मेचिनगर नगरपालिका–१५ स्थित सडकमा रोकी राखेको ना.२ ख ८७९९ नम्बरको ट्रकमा मे.१ ख ६०५ नम्बरको ट्रक ठक्कर खाई शनिबार बिहान दुर्घटना हुँदा मे.१ ख ६०५ नम्बरको ट्रकको सहचालकको मृत्यु भएको छ । हाल वतन नखुलेका २० वर्षीय अनमोल कार्कीको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका उनको बिएण्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो ।
दुर्घटनापछि मे.१ ख ६०५ नम्बरको ट्रकका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । तीनवटै दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान भैरहेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारका प्रवक्ताले भने- आइतबारको बिदा कायम रहन्छ
-
अमेरिकीहरूमा पुँजीवादप्रतिको विश्वास घट्दै
-
ट्राफिकले चिट काट्नै नपरोस्, टिकट लेख्नै नपरोस् : आईजीपी कार्की
-
कुकुरेल्लाको खुला घुम्रिएको कपालको भावुक रहस्यः छोराका लागि खुलै राख्छन् कपाल
-
सीजेपी र भारत सरकारबिच आज वार्ता हुँदै
-
सशस्त्र प्रहरीद्वारा तीन महिनामा ३ सय ४७ जनाको सकुशल उद्धार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण