प्रभु साहको प्रश्न– घर भाडासमेत विदेश लगेपछि देश कसरी संवृद्ध बन्छ ?
काठमाडौँ । आम जनता पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभाका सांसद प्रभु साहले क्यापिटल फ्लाई अर्थात् पुँजी पलायनको गम्भीर मुद्दा उठान गरेका छन् । आइतबार प्रतिनिधिसभामा जारी विनियोजन बजेटमाथिको छलफलमा बोल्दै सांसद साहले प्रश्न गरे, ‘घर भाडा समेत विदेसिएपछि देश कसरी संवृद्ध बन्छ ?’
उद्योग,व्यवसायीदेखि सरकारी कर्मचारी, आम सर्वसाधारण उच्च वर्गदेखि राजनीतिज्ञहरूले समेत आफ्नो लगानी विदेशमा लगिरहेको बताउँदै सांसद शाहले चिन्ता व्यक्त गरे । ‘उच्च शिक्षा हासिल गरेका जति पनि युवा शक्ति छन्, उनीहरू विदेश, सम्पन्न र पहुँच भएका मान्छेहरू सबै विदेश, पुँजीपतिहरू सबै विदेश, राजनीतिक पहुँचवालाहरू विदेश, उनीहरुले घर खेत बेचेर विदेश पैसा लगिरहेका छन्’ शाहले भने, ‘यतिसम्म कि घर भाडा समेत विदेश गइरहेको छ । यसरी कसरी देश संवृद्ध हुनसक्छ र ?’ उनले प्रतिप्रश्न गरे ।
सांसदहरूमाथि नै इंकित गर्दै साहले भने, ‘यहीँ अगाडि रोहमा रहने माननीय सांसदहरू अवसरको खोजीमा यहाँ रहनुभएको छ, तर उहाँहरूको छोरा–छोरी विदेशमा छन् । पुँजी जति सबै विदेशमा थुपारिदिए पछि अनि नेपालमा पैसाको अभाव हुँदैन ?’ साहले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण